Aamsanchar

मसानघाटमा झोलुङ्गेपुल

Author Image
बिहिवार, जेठ २०, २०७३

pul

 

सुरुङ्गा।  

झापा गरामनी–२ बाह्रघरेकी ७० वर्षीया भीमा विष्ट असाध्यै खुसी हुनुहुन्छ । कारण हो– घर नजिकै देवनिया खोला मसानघाटमा झोलुङ्गे पुल बन्नु ।

पहाडमा मात्र देखेका तर ‘तराईमा पनि झोलुङ्गेपुल हुन्छ र ?’ भन्ने सोच्नुभएका स्थानीयवासी वीरबहादुर श्रेष्ठ पनि घर नजिकै झोलुङ्गेपुल पाउँदा दङ्ग हुनुहुन्छ । उहाँ त्यो पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पनि हुनुहुन्छ । ‘मसानघाट झोलुङ्गपुल’ नाम दिइएको पुलको लम्बाइ १०५ मिटर छ ।

नेपाल सरकारद्वारा सञ्चालित झोलुङ्गेपुल कार्यक्रमअन्तर्गत जिविस झापामार्फत सो पुल निर्माण भएको हो । पुल निर्माणमा सहारा नेपालले सामाजिक तथा प्राविधिक सहयोग पु¥याएको छ । पुल निर्माणको लागत रु ४६ लाख ७७ हजार ७९१ रुपैयाँ ७५ पैसा रहेको सहारा नेपालका झोलुङ्गेपुल कार्यक्रम संयोजक लीला नेपालले जानकारी दिनुभयो ।

पुल निर्माणसँगै स्थानीय २०० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । उनीहरुलाई चन्द्रगढ हुँदै चन्द्रगढी जान सजिलो भएको छ । यसअघि खोलामा डुब्ने जोखिम, कि त चन्द्रगढी मुख्य सडकको देउनिया पुलतिर घुमेर जानुपर्ने बाध्यता थियो । पुल निर्माणमा विविध पक्षमा ट्रेलब्रिज सपोर्ट युनिट÷हेल्भेटासले पनि सहयोग पु¥याएको बताइएको छ ।

पुलको दुवैतर्फ पिलर खडा भए पनि पुल लगाउने काम लामो समयदेखि बाँकी नै थियो । झोलुङ्गेपुल इरेक्सन तालिममा सहभागी सात जिल्लाका २३ जना ‘ब्रिज फिटर’ले १० दिनमा उक्त पुल तयार गरेका हुन् ।

तालिममा झापा, मोरङ, सुनसरी, सप्तरी, पर्सा, धनुषा र रौतहटबाट सहभागी रहेका थिए । स्वाप सहजीकरण व्यवस्थापक तथा टिबिएसयू÷हेल्भेटासका इन्जिनियर सोनुकुमार साह र लाल झाले झोलुङ्गेपुलको महत्वबारे प्रस्ट्याउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर