Aamsanchar

होटलमा आक्रमण, दुई सांसदसहित १० को मृत्यु

Author Image
बिहिवार, जेठ २०, २०७३

somalia_attack

मोगादिसु ।

सोमालियाको राजधानी मोगादिसुमा रहेको एक होटलमा आक्रमण गरी त्यहाँ रहेका कम्तीमा पनि दश जना पाहुनाको हत्या गरिएको समाचार छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् ।

सो आक्रमणमा परी अरु २५ जना नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । उक्त आक्रमण सोमालियाको सशस्त्र विद्रोही संगठन अल सेबाबले गरेको हो ।

उक्त संगठनले बिहीबार बिहान भएको सो हमलाको जिम्मेवारी पनि लिएको समाचारमा जनाइएको छ ।

विस्फोटक पदार्थ बोकेको कारलाई मोगादिसुमा रहेको होटल एम्बेसेडरमा कारबम लगेर ठोक्काइएको थियो । उक्त बम हमलामा परी अरु २५ जना नराम्ररी घाइते भएका पनि बताइएको छ ।

मोगादिसुका एकजना प्रहरी अधिकारी मोहम्मद फराहले भने- हामीले सो होटलमा दश जनाको ज्यान गएको र २५ जना घाइते भएका पुष्टि गरेका छौँ । त्यसमा दुई सांसद पनि परेका छन् ।

सुरुमा लगेर कारबम ठोक्काइएको थियो र त्यसलगत्तै बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार सुरु गरेका थिए । उनीहरुले होटलका पाहुनालाई तारो बनाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

बीबीसीका अनुसार होटलमा सांसद र अन्य सरकारी कर्मचारी बसेका थिए ।

अहिले पनि सो हेटलभित्र केही व्यक्ति रहेकोले उनीहरुको उद्वारका लागि प्रहरीले काम गरिरहको जानकारी दिएका छन् । रासस/एएफपी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर