Aamsanchar

क्रान्तिकारीले गऱ्यो ६ पत्रकारलाई सम्मान

Author Image
बिहिवार, जेठ २०, २०७३

jour
बिर्तामोड ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाले जिल्लामा क्रियाशील छ जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ । पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाएको भन्दै संगठनले सम्मान गरेको हो ।

बीबीसीका पत्रकार उमाकान्त खनाल, कन्चनजंघा एफएमका कार्यक्रम संयोजक दिपेन्ऽ पौडेल, गोरखापत्र दैनिकका सम्वाददाता टीकाराम उप्रेती, ब्लाष्ट टाइम्स दैनिकका सम्वाददाता प्रेम आचार्य, ब्लाष्ट टाइम्स दैनिकका बिर्तामोड ब्यवस्थापक उद्धव पुरी र लोकतन्त्र पोष्ट दैनिकका समाचार संयोजक झुलन रेग्मीलाई सम्मान गरिएको हो ।
क्रान्तिकारी संगठनले आयोजना गरेको पााच दिने उद्घोषण तथा पत्रकारिता तालिमको बिहीवार बिर्तामोडमा भएको समापन कार्यक्रममा उनीहरुलाई नगदसहित सम्मान गरिएको हो । संगठनका केन्ऽीय उपाध्यक्ष रञ्जित तामाङले उनीहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा उपाध्यक्ष तामाङले आर्थिक क्रान्तिको पक्षमा समाचार लेख्ने समय आएको बताए । उनले पत्रकारिता राष्ट्रियतामा आधारित हुनु पर्नेमा जोड दिए ।
अर्को एक प्रसङ्गमा तामाङले माओवादी एकताले अरु पार्टीहरु तर्सिएको बताए । ‘माओवादी एकताबारे बिभिन्न टिकाटिप्पणी भइरहेको छ, उनले भने‘ जम्बो केन्ऽीय कमिटी बनाउादैमा आत्तिनु पर्ने कुरै छैन ।’ संगठनका जिल्ला अध्यक्ष रवि बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्ऽीय प्रवक्ता सुरेन्ऽ बस्नेत, नेकपा माओवादी केन्ऽका केन्ऽीय सदस्य सिपी कडरिया लगायतले बोलेका थिए । सोही अवसरमा उत्कृष्ट समाचार लेख्ने प्रशिक्षार्थी केशव तिवारी, विलक्षणा भट्टराई र गीता खतिवडालाई पुरस्कृत गरियो ।
संगठनका जिल्ला उपाध्यक्ष कुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संगठनका १ नम्वर प्रदेश संयोजक महेन्ऽ भट्टराई, केन्ऽीय सदस्य खगेन्ऽ सुवेदी लगायतको उपस्थिति थियो । तालिममा जिल्लाका बिभिन्न क्याम्पसबाट ९६जना सहभागी रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर