![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
काठमाडौँ ।
शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गर्नुभएको हो । सुरज प्रधानले निर्माण गरेको चलचित्रमा राजन कार्की र करण श्रेष्ठको मुख्य भूमिका रहेको छ । दुर्गा विष्टको प्रस्तुति रहेको यो चलचित्रमा राम कार्कीले सङ्गीत दिनुभएको छ ।
नायिका पनेरुले खेलेको पहिलो चलचित्र ‘जिस्म’ प्रदर्शनमा नआइकनै विवादमा आएकाले ‘छेस्को’लाई पनि चलचित्र सेन्सर बोर्डले ‘पास’ गर्न समय खर्चिएको थियो । चलचित्रका वितरकसमेत रहेका नायक श्रेष्ठ यो चलचित्रलाई पूर्ण पारिवारिक भएको बताउँदै भन्नुभयो, “यो मनोरञ्जनात्मक पूर्ण पारिवारिक कथा बोकेको चलचित्र हो । बाबु–आमाले छोराछोरीका हरेक कुरामा ध्यान दिनुपर्छ भन्ने यसले सन्देश दिन्छ ।” उहाँको कथन थियो, “छेस्को सानो सिन्को भएपनि यो खुट्टामा बिझाउने घाउ हो, बिझाउनेलाई मात्र थाहा हुन्छ । चलचित्र हेरेपछि तपाईंले यही महसुस गर्नुहुन्छ ।”
शुक्रबार एउटा मात्र चलचित्र चल्ने र कोही प्रतिस्पर्धामा नहुने भएकाले पनि निर्माण पक्ष उत्साहित भएको बताइएको छ । साथै यसबाट उठेको १५ प्रतिशत रकम अनाथ बालबालिकालाई सहयोग गरिने नायक श्रेष्ठले जानकारी दिनुभयो ।
चलचित्रमा पूजना प्रधान, पवित्रा आचार्य, सृष्टि सेन्चुरी, रवीन वैद्यलगायत कलाकारको समेत अभिनय छ ।