![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![balbalika](http://aamsanchar.com/wp-content/uploads/2016/06/balbalika.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
लुम्बिनी ।
१६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा रुपन्देही प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
चितवन जिल्लाका सात र गोरखा जिल्लाका दुई गरी नौ जना बालबालिका भारततर्फ लैजान लागेको अवस्थामा रुपन्देही प्रहरीको गस्ती टोलीले भैरहवास्थित बसपार्कबाट विहिबार एक अभियुक्त र नौ जना बालबालिकालाई नियन्त्रणमा लिएको थियो ।
भारतमा रोजगारी गर्दै आइरहेका गोर्खा जिल्ला मनकामना–३ बस्ने ३८ वर्षीय दिलबहादुर विकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले घटनामा संलग्न विकलाई बालबालिकालाई बेचबिखन गर्नका लागि भारत लैजान लागेको आशङ्कामा नियन्त्रणमा लिएको र विकलाई मानव बेचबिखन बिरुद्धको मुद्दा चलाइएको उहाँले जानकारी दिनुभयो । भारत जानबाट बचेका नौ जना बालबालिकालाई प्रहरीले आफन्तको जिम्मा लगाएको जनाएको छ ।