Aamsanchar

माओवादी (विप्लव समूह) को बन्दका कारण जनजीवन प्रभावित

Author Image
शुक्रवार, जेठ २१, २०७३

banda-3

झापा ।

नेकपा माओवादी (विप्लव समूह) ले शुक्रबार आह्वान गरेको बन्दको प्रभाव झापासहित पूर्वी नेपालमा  बिहानैदेखि परेको छ । 

बन्दका कारण छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने लामो दूरीका सवारीलाई प्रहरीले सुरक्षित गन्तव्यतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बन्दका कारण यहाँका शैक्षिक संस्था, कलकारखाना, व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बजार बन्द भएको छ भने भित्री बजार भने आंशिकरुपमा खुलेका छन् ।

माओवादीले झापा, जुम्ला र धादिङमा आफ्ना नेता कार्यकर्ता पक्राउ परेको विरोधमा पश्चिम ताम्सालिङ, मेची र कर्णाली प्रदेश आज बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ । पश्चिम ताम्सालिङमा चितवन, धादिङ, नुवाकोट र रसुवा जिल्ला पर्दछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर