Aamsanchar

 लिङ्ग काटेर दुई नेपालीको हत्या, लिङ्गसहित पाँच भारतीय पक्राउ

Author Image
शुक्रवार, जेठ २१, २०७३
फोटो :हत्या गरेर फालिएका नेपाली युवाहरु
मुम्बई:
रोजगारीका लागि भारतको मुम्बईमा रहेका दुईजना नेपाली युवाको धारिलो हतियारले काटेर भारतीय नागरिकले हत्या गरेका छन् ।
मुम्बईको मारुल पाडा उल्लाहस नगरमा दुई नेपाली युवाको लिङ्गसमेत काटेर भारतीय नागरिकहरूले शुक्रबार बिहान क्रुरतापूर्वक हत्या गरेका हुन् ।
कैलालीको लम्कीचुहा नगरपालिका-२ चौरी निवासी ३० वर्षीय मदन सुनार र २८ वर्षीय राजु सुनारको बिहीबार बिहान साढे दुई बजेको समयमा भारतीयबाट हत्या भएको हो ।
हत्या गरिएका युवा मदन इेक्ट्रसियनको काम गर्दै आएका थिए । हत्या गरिएका अर्का युवा राजु छ महिने छोरी र पत्नीसहित बालाजी प्यालेस भवनमा बस्दै आएका थिए । उनी सोही भवनमा सुरक्षागार्डकारुपमा एक महिनादेखि कार्यरत थिए ।
हत्या गरिएका नेपाली युवा राजुकी पत्नी पवित्राले पति र जेठाजु मदनले बुधबार रातिसँगै खाना खाएका थिए । बिहीबार बिहान एक बजे मदनलाई पुर्‍याउन राजु पनि उनीसँगै निस्केका थिए ।
राजुका साला नरेश सुनारका अनुसार दुबैजनालाई शरीरभरी धारिलो हतियारले काटिएको छ । मरुलपाडास्थित राधा कृष्ण मैदानमा राजु र मदनको लिङ्गसमेत काटेर फालिएको अबस्थामा बिहीबार बिहान ८ बजे शव फेला पारिएको राजुका सालासमेत रहेका नरेशले बताए ।
नरेशका अनुसार केही दिनअघि मदनको भवनकी एक महिलासँग बिबाद भएको थियो । सोही विवादका कारण उनीहरुको हत्या भएको आशंका गरिएको छ ।
नेपाली युवाको हत्यामा संलग्न भएको अभियोगमा मुम्बई प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । प्रहरीले हत्यामा प्रयोग चक्कु, मोटरसाइकल र मृतकको लिङ्गसहित पाँचजनालाई पक्राउ गरिएको कल्याण तालुक टिटवाला पुलिस ठानाका असिस्टेन्ट पुलिस इन्स्पेक्टर नागरेले बताए
नागरेका अनुसार पक्राउ परेका अभियुक्तहरूले मदिरा पिउन पैसा माग्दा नदिएपछि राजु र मदन हत्या गरेको बयान दिएका छन् ।
हत्या आरोपमा प्रहरीबाट पक्राउ परेकाहरुमा स्थानीय अनिल मेघदास पेट्निया, हरदीप सिंह, त्रिलोक सिंह गिल, राम अनिल डेम्बानी, विशाल सिंह र सोनु सिंह छन् ।
महाराष्ट्र-गुजरात संयुक्त राज्य समितिका अध्यक्ष कटक शाहीले सबै नेपालीहरूले भारतमा सचेत रहेर बस्नुपर्ने सुझाव दिए । उनले महाराष्ट्रमा भएको दुई नेपालीको हत्याले भारतमा रहेका नेपालीलाई स्तब्ध बनाएको उल्लेख गरे ।
नेपाली युवाको हत्यापछि नेपाल दलित पार्टीका महराष्ट्र ईञ्चार्ज लालसिंह देवकार र हरिओम नेपाली एकता समाजका अध्यक्ष नैनसिंह दाससहितले तीब्र विरोध गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
राजु र मदनको शवलाई उल्लासनगरस्थित सेन्टर अस्पतालमा पोस्टमार्टम गरिएको छ । उनीहरूको शुक्रबार बिहान अन्तिम दाहसंस्कार गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर