Aamsanchar

जङ्गली च्याउ नखान आग्रह

Author Image
शुक्रवार, जेठ २१, २०७३

chyau

काठमाडौँ ।

देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ ।

महाशाखाले आज विज्ञप्ति जारी गरेर जङ्गल, भिर, कान्ला, खोल्सा र बारीमा आफैँ उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट मृत्यु हुने सम्भावना बढी हुने भएकाले प्रयोग नर्गन आग्रह गरेको हो ।

महाशाखाले व्यावसायिक रुपमा कृषकले खेती गरी उत्पादन गरेका च्याउ मात्र खान अपिल गरेको छ ।

पटकपटक विषादियुक्त च्याउका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह गरिरहे पनि विषाक्त च्याउको सेवनबाट मृत्यु हुने र बिरामीको सङ्ख्यामा कमी आउन नसकेको महाशाखाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर