Aamsanchar

रहेनन् शोभित शर्मा

Author Image
शुक्रवार, जेठ २१, २०७३

sobit
बिर्तामोड ।
झापा बिर्तामोडका युवा व्यवसायी शोभित शर्माको ४३ वर्षको उमेरमा निधन भएको छ ।
भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा बिहीबार राति १ बजे उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सामान्य ज्वरो आएर बिरामी परेका उनी ज्वरो बढ्दै र हातखुट्टा चलाउन गाह्रो हुादै गएपछि उपचारका क्रममा दिल्ली पुगेका थिए । सिलुगढीमा ११ दिनसम्म उपचार गराउादा ठीक नभएपछि उनी दिल्ली गएका थिए ।
शर्माको शव दिल्लीबाट आज शनिबार बिर्तामोड–७ स्थित निवासमा ल्याइने र कनकाई माइमा अन्त्येष्टि गरिने बताइएको छ ।
वीरता जेसीजका सदस्य समेत रहेका उनी विभिन्न व्यवसायमा आबद्ध थिए । उनी बिर्तामोडको तत्कालीन उर्वशी सिनेमा हलका सञ्चालक समेत थिए । उनकी आमा नीता शर्मा, श्रीमती र दुई छोराछोरी रहेका छन् ।
छिमेकी कुमार ग्यारेजका सञ्चालक दीपेन्द्र प्रधानका पिता कुमार प्रधानलाई उपचारका लागि दिल्ली लिएर गएका शोभित त्यही सामान्य ज्वरो आएपछि प्रधानलाई छोराका जिम्मा लगाएर घर फर्किएका थिए । ज्वरो बढ्दै प्यारालाइजिस जस्तो भएपछि उनी सिलिगुढी उपचारका लागि गएका थिए । शोभित व्यवसायीमाझ प्रिय र मिजासिलो स्वभावका थिए ।
यसैबीच वीरता जेसीजले जेठ २३ गतेका लागि तय गरेको विश्व वातावरण दिवस लगायतका कार्यक्रम स्थगित गर्नुका साथै जेसीजले स्वर्गीय शर्माको शोकमा ३ दिनसम्म कुनैपनि कार्यक्रम नगर्ने वीरता जेसीजका अध्यक्ष सजेश सिवाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर