Aamsanchar

 किरियापुत्री मृत भेटिए,महिला र पर्यटक बेपता

Author Image
शनिवार, जेठ २२, २०७३

 झापा।

चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ ।

नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यही जेठ २० गते नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दराईको शव शुक्रबार भेटिएको हो । घटनास्थलबाट करिब १०० मिटर तल काभ्रेघाट भन्ने स्थानमा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराजबाट एक महिला चार दिनदेखि बेपता भएकी छिन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई हाल राजविराज ६ स्थित सिराह रोडमा बस्दै आएकी ८३ वर्षीया फुलवतीदेवी साह बेपत्ता रहेको उनका परिवारले जानकारी दिएका छन् ।

घरबाट बजारको लागि हिँडेकी ती महिला हालसम्म आफ्नो घर नफर्केकाले खोजी गर्दिन हुन मानवअधिकारकर्मी, सञ्चारकर्मी र स्थानीय प्रसाशनलाई आग्रह गरिएको छ ।

धौलागिरि हिमाल आरोहणका लागि आएका एक जना विदेशी पर्यटक दुई हप्तादेखि सम्र्पकविहीन भएका छन् ।

म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविरबाट इटली क्याम्प फर्कने क्रममा डेनमार्कका ३५ वर्षीय क्रिस्टन विलसन सम्र्पकविहीन भएका हुन् ।

चार जना जोर्डन र अमेरिकनसँगै आरोहणका लागि धौलागिरि आधार शिविर पुगेका विलसन जेठ ४ गतेदेखि सम्र्पकमा छैनन् ।

ट्राभल एजेन्सी, सुरक्षाकर्मी र हेलिकोप्टर परिचालन गरेर खोजी गरे पनि फेला पार्न नसकेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताउनुभयो । उनीसँगै गएका जोर्डन र अमेरिकाका नागरिक आरोहण गर्न नसकेर फर्किए पनि उनी एक्लै आधार शिविरमा बसेका थिए ।

मे १७ तारिखका दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनी त्यसयता सम्र्पकमा नरहेपछि खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले अपिल गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर