Aamsanchar

भारतीय लट्रीले ठगिदै नेपाली

Author Image
शनिवार, जेठ २२, २०७३

latri

भद्रपुर ।
नेपालमा प्रतिवन्धित भारतीय चिठ्ठा (लट्री) पछिल्लो समय झापामा खुलेआम सञ्चालन भइरहेको छ ।
भारतको वंगाल राज्यसाग सीमा जोडिएको झापाका सीमावर्ती बजारमा यस्ता चिठ्ठा खुल्लेआम सञ्चालन भइरहेको पाइएको छ । झापाको कााकरभिट्टा, धुलाबारी, भद्रपुर, चन्द्रगढी लगायतका बजार क्षेत्रमा त्यस्ता चिठ्ठा (लट्री) बिक्री वितरण हुादै आएको छ । जसबाट सयांै नेपाली ठगिादै आएका छन् ।
एक दिनमा तीन पटकसम्म खेल हुने सो भारतीय चिठ्ठा बिक्री वितरणका लागि भारतीय युवा समूह बिहानदेखि सााझसम्म नै नेपाली सीमावर्ती बजारमा परिचालन हुने गरेका छन् । झापामा प्रशासन मौन बस्दा अहिले भारतीय चिठ्ठाले नेपाली नागरिकलाई लागू औषधको लतजस्तै बनाएको भन्दै सरोकारवालाहरूले त्यसप्रति चिन्ता व्यक्त गर्न थालेका छन् ।
विहान उठ्ने बित्तिकै चिठ्ठाको लत लागेका नेपाली नागरिकले रकम खोजेर भएपनि चिठ्ठा खरिद गर्ने गरेका छन् । यहााका नागरिकले दैनिक आयआर्जन गर्ने भन्दा बढी रकम चिठ्ठा खरिदमा सक्ने गरेकाले यसले पारिवारिक द्वन्द्व समेत निम्त्याउन थालेको स्थानीयबासी बताउाछन् । भारतको पश्चिम बंगाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित मिजोराम स्टेट लट्रीज, सिक्किम स्टेट लट्रीज र नागाल्याण्ड स्टेट लट्रीज भारतमा सो चिठ्ठा दिनमा तीन समय खेलाउने गरिएको छ । बिहान ११ बजे, दिउासो ३ बजे र सााझ ७:३० बजे खोलिने चिठ्ठाले सयौं व्यक्तिलाई लत लगाइसकेको छ ।
२० प्रति सिरीज एक बण्डलको भारतीय एक सय पर्ने चिठ्ठा दैनिक सञ्चालित २५ लाख लेखिएको चिठ्ठामा ए,वि,सी,डी लगायतको अक्षर लेखिएको हुन्छ कम्पनीले चिट्ठा खरिद कर्ताको मोवाइलमा कुन अक्षर रोज्ने हो सो को जानकारी पठाइदिने गरेको हुन्छ । चिठ्ठाको नतिजाको जानकारीेwww.lotterysambad.com मा टाइप गरेर आफ्नो मोवाइल मार्फत् थाहा पाउन सकिने बताइएको छ ।
कसरी फसे नेपाली नागरिक चिठ्ठामा 
भारतको बंगाल राज्यमा मात्र बिक्री वितरण हुने सो चिठ्ठा छिमेकी राज्य विहारमा समेत प्रतिबन्धित छ । विहारमा प्रतिबन्धित भएपछि त्यहााका युवा सीमावर्ती नेपाली बजारलाई चिठ्ठाको बिक्री केन्द्र बनाउन पुगे । चिठ्ठा परेपछि बिक्री गर्ने युवालाई समेत कमिशन आउने गरेकाले उनीहरू नेपाल धाउन थालेका हुन् ।
शुरुशुरुमा एक/दुई जनाले खरिद गर्ने सो चिठ्ठा अहिले सयौं व्यक्तिले दिनहुा खरिद गर्ने गरेका छन् । भारतीय चिठ्ठामा ५ हजारदेखि २५ लाख सम्म नेपाली नागरिकलाई परेपछि यसतर्फ उनीहरू झन आकर्षित हुन थालेका हुन् । एक कान दुई कान मैदान भनेजस्तै उसलाई पर्‍यो मलाई पनि पर्छ कि भन्दै यहााका नागरिक भारतीय चिठ्ठा तर्फ होमिएका हुन् ।
एक दिनमा लाखौं कारोबार
भारतको बंगाल राज्यको उत्तरी क्षेत्रमा सञ्चालित मिजोरम स्टेट लट्रीज र नागाल्याण्ड स्टेट लट्रीजको एउटा चिठ्ठाको मूल्य भारतीय ५ रूपैयाा तोकिएको छ । भद्रपुर र कााकरभिट्टा नाकामा बढी मात्रामा चिठ्ठाको कारोबार हुने गरेको छ । एक व्यक्तिले एक दिनमा भारतीय ५ सयदेखि ५ हजारसम्मको चिठ्ठा खरिद गर्दछ । भद्रपुर र चन्द्रगढीमा मात्र दिनमा दिनको पााच लाख भन्दा बढीको कारोबार हुने गरेको छ ।
प्रहरीको प्रयास विफल
भद्रपुर नाकाबाट भारतीय चिठ्ठा भित्रिन थालेपछि वडा प्रहरी कार्यालयले भद्रपुरले सीमा क्षेत्रमा चेकजााच बढाएको थियो । भारतबाट खरिद गरी ल्याएका वा नेपालमा बेच्न ल्याएका युवाहरूको खोजतलास गर्दै चिठ्ठा बरामद गर्दै आएको थियो । त्यति गर्दा पनि चिठ्ठा रोक्न प्रहरी सफल भएन ।
अहिले भद्रपुरको विभिन्न नाकाबाट दिनहुा चिठ्ठा भित्रिरहेको छ । चिठ्ठा भित्र्याउने युवाहरू शरीरको विभिन्न भागमा लुकाउनुका साथै अन्य सरसामान भित्र हालेर पनि भित्र्याइरहेका छन् । यसको रोकथामका लागि भारतबाट आउने युवाहरूको पहिचान गर्दै पक्राउ गरी कानूनी कार्वाही नगरेसम्म यो गतिविधि नरोकिने स्थानीयको भनाइ छ ।
चिठ्ठा नियन्त्रणका लागि कानुनमा के छ ?
सर्वसाधारण जनताको सदाचार तथा आर्थिक हित कायम राख्न चिठ्ठा बिक्री वितरण र सञ्चालनमा नियन्त्रण गर्न चिठ्ठा ऐन, २०२५ ल्याइएको थियो ।
सो ऐनको दफा २ मा नेपाल सरकारले अनुमति दिएकोमा बाहेक कसैले चिठ्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन पाउादैनन् ।
कुनै चिठ्ठा खोल्न, छाप्न वा प्रकाशित गर्न, कुनै चिठ्ठा बिक्री वितरण गर्ने वा बिक्री वितरण वा विज्ञापनको लागि दिने, कुनै चिठ्ठासम्बन्धी विज्ञापन छाप्ने, प्रकाशित वा बिक्री वितरण गर्ने वा सो कामको लागि आफू साथ राख्ने, नेपाल सरकारले तोकि दिएकोमा बाहेक विदेशी मुलुकबाट कुनै चिट्ठा वा त्यस्तो विज्ञापन नेपाल अधिराज्यभित्र बिक्री वितरणको लागि ल्याउने वा झिकाउने वा बिक्री वितरण गर्ने वा त्यसरी ल्याई बिक्री वितरण भएको चिठ्ठाबाट प्राप्त भएको आम्दानी वा त्यस्तो चिठ्ठाको बिक्री वितरण सम्बन्धी कुनै लगत नेपाल अधिराज्य बाहिर पठाउने वा चिठ्ठा सम्बन्धी काम गर्नको लागि कुनै घर जग्गा प्रयोग गर्ने वा प्रयोगमा दिनेलाई निजको बिगो जफत भई बिगो बमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुबै सजाय हुनेछ भन्ने चिठ्ठा ऐनमा प्रष्ट व्यवस्था छ ।
प्रहरी प्रशासन प्रमुख के भन्छन् ?
जिल्ला प्रहरी कार्यालय झापाका एसपी ठाकुरप्रसाद ज्ञवालीले यस विषयमा तत्काल प्रहरी परिचालन गराई चिठ्ठा कारोवारीलाई नियन्त्रणमा लिई कानुनी कार्वाही अघि बढाउने बताए । झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतीय चिठ्ठाको बारेमा आफुलाई जानकारी नआएको हुादा यस बारेमा तत्काल सुरक्षा निकायलाई जानकारी गराइने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर