Aamsanchar

बालिका करणी गर्ने जेल चलान

Author Image
शनिवार, जेठ २२, २०७३

तम्घास ।

नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार उक्त सजाय तोकेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विरही मौर्यले जानकारी दिनुभएको छ ।

आरोपित छन्त्यालले २०७२ वैशाख ३० गते बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले छन्याललाई जेठ २४ गते गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि छन्त्याल पुर्पक्षको लागि जिल्ला कारागार गुल्मीमा चलान भएका थिए ।

अदालतले उनलाई पाँच वर्षका लागि जेल सजाय गरेकोे हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर