Aamsanchar

सहकारीले स्कुल चलाउन नपाउने

Author Image
शनिवार, जेठ २२, २०७३

school s

काठमाडौं ।

सहकारी संस्थाले स्कुल चलाउन नपाउने भएका छन् ।

व्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरेको छ । सरकारले ल्याएको संशोधन विधेयकमा सहकारी वा शैक्षिक गुठीबाट स्कुल सञ्चालन गर्ने पाउने प्रस्ताव गरिएको थियो ।

तर, संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले सहकारीले स्कुल खोल्न पाउने व्यवस्थालाई हटायो । एमाले सांसदहरुको विरोधका बाबजुद समितिले यो विधयकलाई संसदमा पठाएको थियो, जुन शनिबार पास भएको छ ।

संसदमा विधेयकमाथि भएको छलफलमा पनि केशव बडाल लगायतका एमाले सांसदले सहकारीले स्कुल सञ्चालन गर्न पाउनु पर्ने माग गरेका थिए । तर, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले थप अध्ययन गरेर एकीकृत शिक्षा विधेयक ल्याउन सम्बेाधन गर्ने आश्वासन दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर