Aamsanchar

अब अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक दिएर अवकास

Author Image
शनिवार, जेठ २२, २०७३

काठमाडौं ।

शिक्षा ऐनमा भएको संशोधनसँगै अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक लिएर अवकासमा जाने बाटो खुलेको छ । व्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरेको छ ।

वि. सं. २०४९ सालदेखिकै अस्थायी शिक्षकहरु कार्यरत छन् र उनहिरुको संख्या १७ हजारभन्दा बढी छ । शिक्षा ऐनमा भएको संशोधनले अब उनीहरुलाई तीन समूहमा विभाजन गरेको छ र स्थायीका लागि हुने आन्तरिक प्रतिस्पर्धामा भाग लिने वा अवकासमा जाने विकल्प दिएको छ ।

यद्यपि यसले अहिलेसम्म ४७ वर्ष उमेर नपुगेकाहरु मात्र आन्तरिक प्रतिस्पर्धामा जाने देखिन्छ । किनकी यो पेन्सनसँग जोडिएको छ । उमेर हदका कारण अवकास पाउने बेला हुँदासम्म पेन्सन पाउने अवस्था भएमा मात्र अस्थायी शिक्षकहरुले आन्तरिक परीक्षामा भाग लिनेछन् । पेन्सन नहुने हो भने उनीहरुका लागि स्वेच्छिक अवकास उपयुक्त हुन्छ ।

अर्कोतिर आन्तरिक प्रतिस्पर्धामा ४० अंक ल्याउन सक्दिँन भन्ने लाग्ने शिक्षकहरु पनि प्रतिस्पर्धामा नजान सक्छन् ।

शिक्षा मन्त्रालयले अहिले भएका अस्थायी शिक्षकमध्ये ४० प्रतिशत स्वेच्छिक अवकासमा जान सक्ने आंकलन गरेको छ ।

के छ गोल्डेन ह्याण्डसेकमा ?

अघिल्लो वर्ष सरकारले नीति तथा कार्यक्रममा नै समावेश गरेपनि कानुनको अभावमा अस्थायी शिक्षकलाई स्वेच्छिक अवकाश दिन सकेको थिएन । यो पटक ऐनमा नै राखिएको छ ।

संसदले पास गरेको ऐनमा स्वेच्छिक अवकासमा जाँदा अस्थायी शिक्षकहरुलाई तीन समूह बनाएर गोल्डेन Åयाण्डसेक दिइनेछ । सेवा अवधिलाई आधार बनाएर गोल्डेन ह्याण्डसेक प्याकेज बनाइएको छ । र, विज्ञापनमा उम्मेदवार हुन दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई गणना गरी अधिकतम सेवा अवधि बीस वर्ष मानी निजलाईसुविधा दिईनेछ ।

१. पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम

२. दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब बराबरको रकम

३. पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकम

साथै शिक्षकको पदपूर्तिको लागि हुने खुला तर्फको पहिलो विज्ञापनमा उम्मेदवार हुन राहत शिक्षकको रुपमा कार्यरत शिक्षकलाई उमेरको हद लाग्ने छैन । शिक्षा ऐनमा भएको आठौं संशोधनले प्रारम्भिक बाल शिक्षा देखि कक्षा आठसम्मलाई आधारभूत शिक्षा र नौदेखि कक्षा १२ सम्मलाई माध्यमिक शिक्षा भनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर