Aamsanchar

विश्व वातावरण दिवस आज

Author Image
आइतवार, जेठ २३, २०७३

झापा ।

images

विश्व वातावरण दिवस आज वातारणको संरक्षण र सम्बद्र्धन सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम गरी विश्वभर मनाईदैछ । मानव जीवनकालागि स्वच्छ र हरियाली वातावरणको महत्वलाई उजागर गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ बाट विश्वव्यापी रुपमा वातावरण दिवस मनाउन थालिएको हो ।

दिवसको यस बर्षको नारा विश्वलाई राम्रो बनाउने अभियानमा सहभागि बनौ भन्ने तय गरिएको छ । बढ्दो वन विनासले निम्त्याएको वातावरणीय समस्या समाधान तथा पृथ्वीको तापमान वृद्धिलाई ध्यानमा राख्दै वातावरण संरक्षणमा नै सिंगो मानव जातीको हित हुने कुरामा दिवसले जोड दिएको छ ।

दिवसका अवसरमा वायुमण्डललाई हानी पर्‍याउने कार्बन ग्यासको बढ्दो उत्पादन घटाउने, वृक्षारोपण गर्ने, हरितगृह प्रभाव कम गर्ने, वैकल्पिक ऊर्जाकालागि सौर्य उर्जाको प्रयोग बढाउने लगायतका काममा सबैलाई जुट्न विज्ञहरुले आग्रह गरेका छन् ।

यसैबीच,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व वातावरण दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले सन् १९७२ देखि विश्व वातावरण दिवस मनाउने घोषणा गरेको थियो । यस वर्ष हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन संरक्षण गरौँ, लगाई सम्पूर्ण तन, मन र धन भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ ।

“यो दिवस भावी पुस्ताका लागि नभई नहुने हाम्रा अमूल्य र विशिष्ट जीवजन्तु स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई सबैले शक्ति लगाई संरक्षण र सम्बद्र्धन गर्न प्रण गर्ने दिन हो”, विज्ञप्तिमा प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।
नयाँ संविधानले हामी सबैका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ, भन्नुहुँदै प्रधानमन्त्री ओलीले भावी सन्ततिका लागिसमेत वन वातावरण सुनिश्चित गर्नु आजको पुस्ताको कर्तव्य भएको बताउनुभएको छ ।
नेपालजस्तो अल्पविकसित मुलुकमा वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन निकै चुनौतीपूर्ण रहे पनि विकासका लागि स्रोतसाधनको अधिकतम सदुपयोग गर्नुपर्ने प्रधानमन्त्रीको तर्क छ । “मानव मात्रको हितका लागि प्राकृतिक स्रोतको प्रयोग गर्दा भावी पुस्ताको स्रोतमाथिको अधिकारलाई ख्याल गरी बुद्धिमतापूर्ण उपयोग गर्नु नै आजको आवश्यकता हो”, विज्ञप्तिमा उल्लेख छ । दीगो विकास र वातावरण संरक्षण, सम्बद्र्धन तथा व्यवस्थापन गर्ने दिशामा सबैलाई लाग्न दिवसको अवसरमा प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर