Aamsanchar

बसको ठक्करबाट नेपाली सेनाको मृत्यु

Author Image
आइतवार, जेठ २३, २०७३

उर्लाबारी।

sena-bus

मोरङको वयरवन–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट नेपाली सेनाका प्यूठ पदमा कार्यरत एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख २३५५ नंको बसको ठक्करबाट पैदलयात्री खोटाङ सावाकटारे–१ घर भएका ३२ वर्षीय नइन्द्रबहादुर खड्काको मृत्यु भएको हो । उनी श्रीमेहर दल गण, धनकुटा सल्लेरीमा प्यूठ पदमा कार्यरत रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

शनिबार साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका खड्काको उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर