Aamsanchar

सामूहिक चिहान हेर्नेको घुइचो

Author Image
आइतवार, जेठ २३, २०७३

धनकुटा । 

index

कोशी पहाडी जिल्ला धनकुटाको भेडेटारस्थित नाम्जेमा निर्मित सामूहिक चिहान अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरुको घुइचो लाग्न थालेको छ ।
पर्यटन प्रवद्र्धनका लागि भन्दै स्थानीय मगरहरुले आफ्ना पूर्खाका १ सय १३ बटा चिहान भत्काएर थुम्की डाडामा एकत्रीत गरि पर्यटकका लागि खुला गरेका गरेपछि सो क्षेत्रमा पर्यटकको आकर्षण बढेको हो  ।
अमेरिकी समाचार संस्था सीएनएनको सर्वेक्षणमा विश्वका १२ औं उत्कृष्ठ गन्तब्यको सूचिमा परेको  नाम्जेस्थित समाधीस्थल हेर्न नेपाल लगायत पूर्वी सीमाका भारतीय शहरबाट आउने पर्यटकहरुको संख्यामा बृद्धि हुदै गएको जनाईएको छ ।
नाम्जेस्थित पूर्खाहरुको संझना र सम्मानमा बनाइएको ‘आत्माघर’ भित्र गाडिएको अस्थिपञ्जरको थुप्रो माथि राखिएको ऐना हेरे मृतकहरुको आत्मा देखेको अनुभुति हुने जनविश्वास रहेको छ ।
नेपालसहित विभिन्न १७ वटा मुलुकका ईन्जिनियर र आर्किटेक्टले ५ बर्ष अघि सो सामुहिक चिहान निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 289

प्रतिक्रिया (०)

सम्बन्धित खबर