Aamsanchar

मुढोले च्याप्दा एकको मृत्यु

Author Image
आइतवार, जेठ २३, २०७३

खोटाङ ।

1450426998kath_4

टुक्रा पार्दै गरेको रुखको मुढोले च्याप्दा पूर्वी पहाडी जिल्ला खोटाङमा एक ब्यक्तिको मृत्यु भएको छ ।

चिरानीकालागि टुक्रा पार्दै गरेको उत्तिसको मुढोले च्याप्दा दिक्तेल नगरपालिका–९ का ५४ वर्षका डम्बरबहादुर खत्रीको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

अप्ठ्यारो ठाउँमा रहेको रुखलाई टुक्रा पार्नेक्रममा मुढाले थिचेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । गम्भीर घाइते भएका खत्रीको जिल्ला अस्पताल लैजानेक्रममा बाटोमै ज्यान गएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर