Aamsanchar

जो पाँच वर्षको उमेरमा आमा बनिन्…

Author Image
आइतवार, जेठ २३, २०७३
 
 

world-strangest-mothers_569405030

फोटो :पाँच वर्षको उमेरमा आमा बनेकी लीना मोदिना आफ्नो छोराका साथमा । फाइल तस्बिरः एजेन्सी

 

 

एजेन्सीः कुनै बालिका पाँच वर्षको उमेरमा आमा बनिन् भन्दा कसैले विश्वास गर्न सक्दैन् । सबैले यो कल्पना समेत गर्न नसकिने कुरा भएको ठान्छन् ।

तर, संसारमा विचित्र धेरै हुन्छन् । त्यही विचित्र मध्येको एक विचित्र पेरुमा भएको थियो ।

लीना मेदिनाको नाम विश्वकै कम उमेरकी आमाको रुपमा परिचित छ । लीना २७ डिसेम्बर १९३३ मा जन्मिएकी हुन् । जब लीना पाँच वर्षकी भइन उनको पेट विस्तारै बढ्न थाल्यो । यो कुराले उनका अभिभावक चकित परे।

छोरीको पेट बढेपछि आमा बुबाले अस्पतालमा लगेर डाक्टरलाई देखाए । डाक्टरले उनको पेटमा ट्युमर भएको सम्झिएका थिए । तर, डाक्टरले उपचार सुरु गरेलगत्तै आश्चर्य लाग्दो रिपोर्ट देखाए । त्यत्तिबेला लीना सात महिनाकी गर्भवती थिइन् ।

अस्पतालको एक महिनाको प्रयासपछि लीनाले छोरालाई जन्म दिइन् । त्यत्तिबेला लीनाको शरीर कमजोर भएकाले अस्पतालले अप्रेशन गरेर बालकलाई जन्म दिएको थियो ।

त्यत्तिबेला प्रहरीले लीनाका पितालाई प्रकाउ गरेको थियो । तर, त्यस्तो केही प्रमाण नभेटिएपछि पछि प्रहरीले उनका पितालाई छोडिदियो । लीनाको उमेरमा गर्भवती भएको रेकर्ड डाक्टरसँग अर्को कुनै छैन । कसरी लीना गर्भवती भइन भन्ने प्रश्नको जवाफ कसैले सार्वजनिक गरेनन् ।

लीना कम उमेरकी संसारकै एक मात्र आमा हुन् । तर, संसारमा विचित्रका आमा धेरै छन् । अमेरिकाकी स्टेसी हेराल्ड विश्वकै होची आमा हुन् । उनले तीन बच्चालाई जन्मदिएर सबैलाई चकित पारेकी छन् ।

अमेरिकाकै वाली एलिजाबेथले दुई बच्चाका बीचको अन्तर ४१ साल गरेर विश्व रेकर्ड राखेकी छन् । १९५६ मा १९ वर्षको उमेरमा छोरी जन्माएकी एलिजाबेथले श्रीमानको मृत्यु भएपछि नयाँ ब्वाइफ्रेन्ड सँग १९९७ मा अर्को बालकलाई जन्म दिएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर