Aamsanchar

बुधवारेमा एक हप्ते उद्घोषण तालिम

Author Image
आइतवार, जेठ २३, २०७३

बुधवारे, जेठ २३।
झापाको बुधवारेमा आइतवारबाट उद्घोषण सम्बन्धी एक हप्ते तालिम शुरु भएको छ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा रेडक्रस भवनमा तालिम शुरु भएको हो ।
विश्व वातावरण दिवसको अवसर पारी शुरु भएको तालिमको उद्घाटन प्रमुख अतिथि गाविस सचिव बाशुदेव भट्टराईले गमलाको विरुवामा पानी लगाएर गरेका थिए ।

२० जना सहभागी रहेको तालिममा पत्रकार महासंघ झापाका सचिव एकराज गिरीले उद्घोषणा कला सम्बन्धी प्रशिक्षण दिइरहेका छन् ।
संस्थाका अध्यक्ष तोयानाथ घिमिरेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानीय शान्ति समितिका संयोजक पूर्णकुमार सञ्जेल, ज्येष्ठ नागरिक समाज बुधवारेका अध्यक्ष लीला ढकाल, समाजसेवी दीनानाथ ढकालले शुभकामना व्यक्त गरेका थिए । संस्थाका सचिव चन्द्रबहादुर चौहानले स्वागत र उपाध्यक्ष भीमा राईले धन्यवाद ज्ञापन गरेको संस्थाकी कोषध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर