Aamsanchar

मङ्गलबारदेखि लोडसेडिङ घट्ने

Author Image
सोमवार, जेठ २४, २०७३

झापा ।
index

नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय एक घन्टा घटाएको छ ।

यही जेठ २५ गते मङ्गलबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौती गर्न लागेको हो । यसअघि प्राधिकरणले दैनिक १० घन्टा विद्युत्भार कटौती गर्दै आएको थियो ।

नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः विद्युत्भार कटौतीको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिए।

उहाँका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ । प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घन्टा र अधिकतम सात घन्टाभन्दा बढी विद्युत्भार कटौती गर्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर