Aamsanchar

लागुऔषध मुद्दाका फरार पक्राउ

Author Image
सोमवार, जेठ २४, २०७३

मोरङ–

drugs

अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनुसन्धान समूहले लागुऔषध मुद्दामा फरार मोरङ विराटनगर–७ का प्रदीप कुर्मीलाई पक्राउ गरी आइतबार बेलुका जेल पठाएको छ ।

 

कुर्मीमाथि पुनरावेदन अदालत विराटनगरले २०७२ साल असार २ गते लागुऔषध मुद्दामा दुई वर्ष कैद सजाय तथा एक लाख जरिवाना फैसला गरेको थियो ।
कुर्मीलाई क्षेत्रीय अनसुन्धान समूहबाट खटिएको टोलीले विशेष सुराकी परिचालन गरी उनको आफ्नै घरबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर