Aamsanchar

कहाली लाग्दो सडक दुर्घटना ११ महिनामा १३६ जनाको मृत्यु

Author Image
मङ्गलवार, जेठ २५, २०७३

काठमाडौँ। 

Accident

ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहे पनि दुर्घटनामा कमी आउन सकेको छैन ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार आ. व. २०७२/७३ को ११ महिनाभित्र लगभग चार हजार ५०० सवारी साधन दुर्घटना भएका छन् ।  यी दुर्घटनामा १३६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा कार, बस, माइक्रोबस, टेम्पो तथा बस लगायतका आठ हजार सवारी साधनको संलग्नता रहेको छ ।  गत वर्ष पाँच हजार सवारी साधन दुर्घटनामा पाँच हजार १३४ जनाले ज्यान गुमाए ।  २०६८ सालदेखि सवारी साधन दुर्घटना, मृत्यु हुने र घाइते हुनेको सङ्ख्या लगभग पाँच हजारकै हाराहारीमा छ ।  दुर्घटनामा मृत्यु हुने पैदलयात्रु र मोटरसाइकल तथा स्कुटर चालक बढी छन् ।
तीव्र गति, चालकको लापरबाही, मादकपदार्थ सेवन, पैदलयात्रुको असावधानी, सडकको अवस्था, चौपाया तथा मौसम सडकमा हुने सवारी साधन दुर्घटनाको मुख्य कारण भएको महाशाखाले जनाएको छ ।  पछिल्लो केही वर्षदेखि ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गर्न विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै ट्राफिक महाशाखा, सडक सुरक्षा समन्वय अधिकृत सविन प्रधानले बर्सेनि काठमाडौँमा सवारी साधन र मान्छेको चाप अनियन्त्रित ढङ्गले बढिरहेकाले दुर्घटनामा कमी आउन नसकेको बताउनुभयो ।
काठमाडौँमा मात्र नौ लाखभन्दा बढी सवारी साधन तथा ५० लाखको हाराहारीमा जनसङ्ख्या रहेको बताउँदै उहाँले भन्नुभयो, “सडक फराकिलो हुँदैछ ।  सवारी साधन, सवारी चालक तथा सुरक्षित सडकसम्बन्धी विभिन्न पुराना ऐन तथा नियम संशोधनका क्रममा छन् ।  आगामी दिनमा नयाँ ढङ्गले ट्राफिक नियम व्यवस्थापन हुनेछ । ” सवारी साधन दुर्घटना कम गर्ने प्रयासलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।
सुरक्षित सडक बनाउने अभियान स्वरूप ट्राफिक प्रहरीले पछिल्ला केही वर्ष विद्यालयस्तरका बालबालिकादेखि सर्वसाधारणलाई लक्षित गरी ट्राफिक महाशाखाले निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको छ ।  ट्राफिक नियम उल्लङ्घन गर्नेलाई चालक अनुमतिपत्र लिन जाँदा कार्यालयमा दैनिक प्रशिक्षण दिने गरेको छ भने जथाभाबी बाटो काट्नेलाई सडकमै दण्ड तथा जरिवाना लगाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)