Aamsanchar

५ बुदे सहमति संगै मेची आखा अस्पतालमा कर्मचारीको आन्दोलन अन्त्य

Author Image
मङ्गलवार, जेठ २५, २०७३

 

mechi eye hospital f

बिर्तामोड ।
बिर्तामोडस्थित मेची आाखा अस्पतालमा एमाले निकट कर्मचारी युनियनले एक महिनादेखि जारी राखेको आन्दोलन मंगलबार पााचबुादे सहमतिसागै अन्त्य भएको छ ।
झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, ट्रेड युनियन महासंघहरु, मेची आाखा अस्पताल र आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधिबीच बिर्तामोडमा भएको संवादमा उक्त सहमति जुटेको हो ।
संवाद समूहको सचिवालय झापाको संयोजनमा भएको छलफलमा कर्मचारी नमूना भट्टराईको विषयमा यथार्थ अध्ययन गर्न दुई महिनाको अवधि तोकी ७ सदस्यीय समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा नेपाल ट्रेड युनियन कांग्रेसका यज्ञप्रताप अधिकारी, जिफन्टका सन्त राई, अखिल नेपाल ट्रेड युनियन महासंघकी सीता सापकोटा, मेची आाखा अस्पताल संघका छत्र अधिकारी, सो अस्पताल प्रशासनका डा. पुरुषोत्तम जोशी र आन्दोलनरत नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनकी कविता कार्की रहेकी छिन् । कर्मचारी भट्टराईलाई पुनर्वहाली गर्नुपर्ने लगायतका १० सूत्रीय माग राखी आन्दोलनमा उत्रिएका थिए ।
त्यस्तै मेची आाखा अस्पतालमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले राखेका अन्य मागका सन्दर्भमा आवश्यक प्रक्रिया पूरा गरी माग पूरा गर्ने सहमति भएको छ । कर्मचारी युनियनले एक महिनादेखि जारी राखेको आन्दोलन मंगलबारबाट नै अन्त्य गर्ने समेत सहमति भएको छ । सो अस्पतालमा गत वैशाख २६ गतेबाट कर्मचारीले आन्दोलन शुरु गरेका थिए । त्यस्तै अस्पताल प्रशासन र सञ्चालक समिति कर्मचारीको हितमा सदैव सकारात्मक रुपमा अघि बढ्ने तथा कर्मचारीले अस्पतालको हित विकास र सेवालाई प्राथमिकता दिएर अघि बढ्ने समेत सहमति भएको संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले जनाए ।
उक्त संवादमा आगामी दिनमा कुनै असमझदारी, समस्या आएमा आपसी रुपमै संवाद र छलफलबाट समाधान खोज्ने सहमति समेत भएको छ ।
उक्त सहमतिका लागि स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश, नेपाली कांग्रेसका सभापति उद्धव थापा, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, सचिव मदन अधिकारी, नेकपा माओवादी केन्द्रका राजु आचार्य अग्नि, नेपाली कांग्रेसका देउमान थेवे, तमलोपाका अध्यक्ष त्रिनारायण राजवंशीले सहजीकरण गरेका थिए ।
छलफलमा एमाले स्वास्थ्य विभागका घनश्याम अधिकारी, अस्पताल संघ, तीनवटै ट्रेड युनियन महासंघ, कर्मचारी युनियनका प्रमुख तथा प्रतिनिधिले त्यहााको समस्याबारे आ–आफ्नो धारणा राखेका थिए । सहमतिमा सहायक प्रजिअ सापकोटासहित सम्बद्ध सबै पक्षले हस्ताक्षर गरेको संवाद समूहका सहजकर्ता खगेन्द्र खरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)