Aamsanchar

सुशान्तलाई बचाउन नेप्लिज टिन्स

Author Image
बुधवार, जेठ २६, २०७३

बिर्तामोड ।

13383376_1085244571549283_71497469_o

फेसबुक ग्रुप नेप्लिज टिन्सले सुशान्त बचाउ अभियान शुरु गरेको छ ।
तनहुँ व्यास नगरपालिका–३, दमौली निबासी अर्जुन गुरुङका ३ वर्षीय छोरा सुशान्त गुरुङको किड्नीमा टिउमर र पेटमा क्यानसर रहेको बताइएको छ । आर्थिक अवस्था कम्जोर भएसँगै औषधि उपचार गर्नसमेत नसकेको थाहा पाएपछि उपचारका लागि नेप्लिज टिन्सले अभियान चलाएको नेप्लिज टिन्सका मनिश बस्नेतले बताए ।
अभियान अन्तर्गत सोमवार नेप्लिज टिन्सले तेह्रथुम र चारआलीबाट आर्थिक रकम संकलन गरेको छ ।
तेह्रथुमबाट ११ हजार ३० आर्थिक संकलन गरिएको बर्षा तामाङले बताइन् भने चारआलीको लिटल एन्जलस स्कूलबाट सात हजार २० संकलन भएको विशाल भट्टराईले बताए ।
यसअघि ग्रुपले सुरुङ्गा क्षेत्रबाट ११ हजार छ सय ९८ रुपैयाँ संकलन गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर