Aamsanchar

संवाद समेत टुट्यो दलहरु बीच

Author Image
बुधवार, जेठ २६, २०७३

काठमाण्डौं। 

sambad samiti

व्यवस्थापिका संसद् नियमावलीमा देखिएको विवाद अन्त्यका लागि दलहरुबीच छलफलको क्रम समेत टुटेको छ । पछिल्लो समय सरकार परिवर्तनको चर्चासँगै बढेको दलहरुबीचको दुरीका कारण मस्यौदामा सहमतिको प्रयास समेत प्रभावित भएको हो ।

सभामुख ओनसरी घर्तीको पहलमा झण्डै १५ दिन अघि प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल भएपनि त्यसपछि कुनै छलफल भएको छैन । पछिल्लो समय सभामुख घर्ती आफ्ना श्रीमान नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनको उपचारका लागि थाईल्याण्ड जानु भएकाले सम्वादको चाँजोपाँजो नै जुट्न सकेको छैन ।

सभामुखले पछिल्लो समय प्रधाानमन्त्री लगायत सत्तारुढ र प्रतिपक्षी दलसँग अनौपचारिक छलफल गरेपनि ठोस सहमति जुट्ने सम्भावना भने कम देखिएको छ । सभामुख घर्तीले आगामी असार १ गते बस्ने संसद् बैठकमा नियमावली मस्यौदा पारितका लागि प्रक्रिया अगाडि बढाउने तयारी गर्नुभएको छ ।

दलहरुबीच सहमति हुन नसके मस्यौदा माथिको विवाद मतदानका आधारमा हुनेछ । मस्यौदा निर्माण समितिले फरक मत सहित बुझाएको नियमावली मस्यौदा प्रतिवेदनमा बिभिन्न ६ वटा सम्सोधन दर्ता भएका छन् ।

सत्तारुढ र प्रतिपक्षी कांग्रेसले दर्ता गराएको प्रस्तावमा संसदीय सुनुवाई समितिको संख्यामा विवाद कायमै छ । संवैधानिक ब्यवस्थाअनुसार १५ सदस्यीय सुनुवाई समिति बनाउनु पर्ने सत्तापक्षको अडान र अन्य संसदीय समिति झै पुरानै व्यवस्थालाई निरन्तरता दिदै ७५ सदस्यीय बनाउनु पर्ने कांग्रेसको मागका कारण सहमतिको प्रयास असफल हुनै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)