Aamsanchar

विप्लवका मानिस सडकमा छैनन्, नेपाल ठप्पै/झापामा सवारी तोफोड

Author Image
बिहिवार, जेठ २७, २०७३

काठमाण्डौ ।

13382140_962343950500563_1675355354_n

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

 

बन्दका कारण उपत्यकामा बिहानैदेखि लामो तथा छोटो दुरीका यातायात चलेका छैनन् । सडकमा मोटरासइकल र फाट्टफुट्ट ट्याक्सीका साथै केही मात्रामा निजी सवारी साधन मात्र गुडेका छन् ।
सवारी साधन नचल्दा सर्वसाधारण हिंडेरै गन्तब्यमा पुग्न बाध्य छन् । बन्दका कारण शिक्षणसंस्था र कलकारखाना ठप्प छन् भने बजार–पसल आंशिक मात्र खुला छन् ।
सडकमा बन्दकर्ताको उपस्थिति नदेखिए पनि राजधानीका सडक तथा सुरक्षा संवेदनशीलता भएका क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो तैनाथी छ ।
सरकारले भ्रष्टाचार र कालोबजारी नियन्त्रणमा ध्यान नदिएको तथा विगतमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाई गर्नुको साटो झुठा मुद्धामा फसाइएको भन्दै नेकपा माओवादीले नेपाल बन्द आह्वान गरेको हो ।यसैबीच बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आज झापाको वुधवारे र सुरुङ्मा दुईवटा सवारीमा तोडफोड गरेका छन् ।
इलामबाट झापा आँउदै गरेको ना ३ ख ४६७१ नम्वरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए। त्यस्तै सुरुङ्गामा वा ८ च ३६९८ नम्वरको वोलेरोमा आगजनी गरेको सशस्त्र प्रहरी वल वोडर आउट पोष्ट झापाका सशस्त्र प्रहरी निरीक्षक केदारजंघ थापाले जानकारी दिए। पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको उक्त वोलेरोलाई मोटरसाइकलमा आएका दुईजना वन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
वन्दका कारण झापाको जनजीवन विहानैबाट प्रभावित भएको छ । सडकमा छिटफुट वाहेक सवारी साधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस अघि प्रहरीले वुधवार साँझ वन्दको आवहान गर्दै हिड्ने ८ जना नेता तथा कार्यकर्तालाई झिलझिले र काँकरभिट्टाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता समेत रहनुभएका शर्माले जानकारी दिए ।

उता बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले गुडिरेको एक ट्रकमा पेट्रोल बम हानेका छन् । सिरहाको मिर्चैयाबाट आँप बोकेर काठमाडौं गइरहेको ना६ख ४६१५ नम्बरको ट्रकमा बम हान्दा त्यसमा सवार सहचालक बसन्त मगरको अनुहार जलेर घाइते भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 308

प्रतिक्रिया (०)

सम्बन्धित खबर