Aamsanchar

विषालु च्याउ यसरी चिनौं

Author Image
बिहिवार, जेठ २७, २०७३

 

mushroomsनेपालको दुर्गम तथा पहाडी क्षेत्रमा बिषालु च्याउ खाएर मर्नेको संख्या बर्षेनी बढ्दो छ । बर्षात्को समयमा हरेक बर्ष ३० देखि ४० जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाउँछ । यो त अस्पतालमा आएकाहरुको मात्र आंकडा हो । कतिपय अवस्थामा त घर परिवार नै सखाप भएको पाइन्छ । यो समस्या नेपालको मात्र होइन विश्वब्यापी नै छ । एक तथ्याङ्कसार अमेरिकामा पनि हरेक १ लाख जनामा पाँच जना  विषालु च्याउ खाएरै  अस्पतालमा भर्ना हुने गरेको पाइएको छ । यद्यपी त्यहाँ च्याउ खाएरै मुत्यु भएको तथ्याङ्क पच्चीस बर्ष यता भेटिएको छैन ।

कस्ता च्याउ बिषालु हुन्छन् र कसरी चिन्ने ?

नेपालमा हजार भन्दा बढि च्याउका प्रजातीहरु पाइन्छन् । तीमध्य करिब ११० जातका च्याउ मात्र खान योग्य छन् । परम्परागत रुपमा १३ प्रजातिका च्याउ औषधि रुपमा प्रयोग गर्ने गरिएको छ भने ४५ प्रजातिका च्याउ विषाक्त भएको अनुमान छ । सामान्य देखेको भरमा मात्र च्याउ विषालु वा अविषालु भनेर छुट्याउन गाह्रो हुन्छ । यसका लागि प्रशस्त अनुभव र बिज्ञताको खाँचो चाहिन्छ । नेपालमा खासगरि च्याउ पहाडि क्षेत्रमा पाइने र परम्परागत  अनुभवका आधारमा नै यसको  संकलन गर्ने गरिएको छ । कहिलेकाहिँ च्याउ आफैंमा बिषाक्त नभए पनि हामीले संकलन तथा  र भण्डारण तरिकाले पनि  विषाक्त बनाउँछ । सामान्यतया अहिलेसम्मका अनुसन्धानका आधारमा निम्न तरकिाले विषालु प्रजातिका च्याउहरु छुट्याउन सकिन्छ ।
च्याउ भाँच्दा चोप निस्कियो भने  र छुँदा त्सको रङमा परिवर्तन आएमा त्यो विषालु हो ।

  • mosroom1
    बैजनी तथा गाढा रातो रङका च्याउ प्राय विषालु हुन्छन् ।
  • च्याउको माथि रहने छाता छाम्दा चिल्लो सतही भयो भने त्यो खानयोग्य हो तर खस्रो एबं तलमाथि  उठेको देखिएमा बिषालु हो भनि अनुमान गर्न सकिन्छ ।
  • नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो तथा गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा बिचार पुर्याउनु पर्दछ ।
  • बिषालु च्याउको  वरिपरि किराहरु नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरु देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन् ।
  • च्याउलाई कुखुराको अण्डा एबं दुधमा राख्दा केहि समय पश्चात दुध फाटेमा एबं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ ।

 

mosroo21
यी च्याउ जाँच्ने सामान्य बिधी मात्र हुन् । यसैका मात्र आधारमा विषालु हो वा होइन भनि छुट्याउन गारो हुन्छ  यसका लागि अनुभव र बिज्ञता नै आबश्यक छ । तर गाँउघर जहाँ च्याउ संकलन गरिदै आएको छ त्यहाँ अलिकति भएपनि सहजता होस् भनेर यहाँ प्रस्तुत गरिएको हो ।

विषाक्त च्याउ खाँदा देखिने समस्या

च्याउको विषको असर च्याउको प्रकार, खाएको मात्रा, उमेर समूह, एवं संकलन गरेको स्थान आदिमा भर पर्दछ । च्याउमा धेरै प्रकारका टक्सिनहरु पाइन्छन् जस्तै अमाटोटक्सिन, ओरेलिन, सिलीकोविन आदि । अहिलेसम्म च्याउले शरीरमा पार्ने प्रभावका आधारमा १४ प्रकारको विषाक्तताको पुष्टि भएको छ । बिषालु च्याउ खाइसकेपछि यो हाम्रो शरीरको कलेजोमा पुग्दछ र शरीरको पित्तसँग मिलेर नयाँ किसिमको तत्वको निर्माण गर्दछ, जसले बिस्तारै हाम्रो मृगौलाको काम गर्ने क्षमतामा कमी गराउँदै जान्छ । र अन्तमा कलेजो तथा मृगौला फेल हुन्छ र मानिसको मृत्यु हुन्छ । च्याउको बिषाक्तताको असर सामान्यदेखि अत्यन्त जटिलसम्म छ अर्थात् ९५ प्रतिशतसम्म घातक अवस्था पनि हुन्छ ।  बालक तथा बृद्धहरुमा च्याउको बिषाक्तताको असर छिटो तथा धेरै देखिन्छ भने वयस्क ब्यक्तिमा अलि कमै हुन्छ । च्याउ खाएको ६ घण्टा देखि २४ घण्टा पछिसम्म पनि यसका असरहरु देखिन्छन् । कतिपय बिरामीले पेटको तल्लो भाग दुखेको, छटपटी भएको, आँखा वरिपरि अँध्यारो भएको महशुस गर्छन् भने कतिलाई पखाला लाग्ने र  बान्ताहुने जस्ता लक्षण पनि देखिन्छन् ।

 च्याउको विषबाट बच्न के गर्ने ?

  • सकभर आफुले चिनेको र अभ्यस्त भएको च्याउ मात्र संकलन गर्ने वा बजारमा विक्रीवितरण गर्ने  र खाने ।
  • संकलन गर्दा वा भण्डारण गर्दा पलास्टिकको झोला, फलाम एबं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने नगुम्साउने ।
  • सकभर दुई प्रजातिका फरक– फरक च्याउहरु सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने ।
    उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने ।
  • च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि  बिरामी होशमै छ भने नुन पानी खाान दिएर बान्ता गराउने वा  पखाला लगाउने कुनै बिधी अपनाउने ।
  • परम्परागत रुपमा प्रयोग गरिदै आएको लसुन ,दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ तर सबै भन्दा बुद्धिमानी छिटो भन्दा छिटो अस्पताल पुर्याउनु नै हो ।

तसर्थ  यसका लागि सरकारले पत्रपत्रिका, रेडियो तथा टेलिभिजन मार्फत जनतामा  सचेतना फैलाउन जरुरी छ । बिभित्र निकायबाट च्याउको व्यावसायिक खेतिका बारेमा तालिम त दिइन्छ तर दुर्भाग्य च्याउको बिषाक्तताको बारेमा खासै बुझाउने चलन छैन । यस बारेमा सबेैले बेलैमा सोचेर च्याउ सेवनका कारण हुने मूत्यु र बिरामी दर घटाउनुपर्छ ।

डा गोकर्ण दहाल, हान्याङ स्कुल अफ मेडिसिन, दक्षिण कोरिया

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर