Aamsanchar

मूल नफुट्दा भोजपुरमा पानी वितरणमा समस्या

Author Image
शुक्रवार, जेठ २८, २०७३

भोजपुर ।

12092015092226B-600x0

बर्खा लागिसके पनि पर्याप्त पानी नपरेका कारण मूल नफुट्दा सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति भोजपुरलाई पानी वितरण गर्न समस्या भएको छ ।

पानी नपरेपछि भोजपुरमा पिउने पानी आपूर्ति गराउँदै आएको समितिले समानुपातिक रुपमा पानी वितरण गर्न नसक्दा कार्यालयमा दैनिकजसो गुनासो पुग्ने गरेको छ । केही वर्षअगाडि सम्म बिहान ५ घन्टा र बेलुकी ४ घन्टा नियमित पानी उपलब्ध गराएको भए पनि जनघनत्व बढेसँगै समितिले सहज रुपमा पानी आपूर्ति गराउन नसकेको हो ।

भोजपुर सदरमुकाम तथा आसपासका क्षेत्रमा पानी आपूर्ति गराउनका लागि जोरसाँघु भन्ने स्थानबाट पानी ल्याइएको छ । सो क्षेत्र उच्च पहाडी क्षेत्रमा रहेकाले हिउँदमा मूल सानो हुने गरेको छ । यस वर्ष सो मूल नफुट्दा सदरमुकाममा पानीको अभाव मच्चिएको सिलिचुङ खानेपानी तथा मूल उपभोक्ता समिति भोजपुरले जनाएको छ । सो मूलबाट ल्याएको पानीले हाल सदरमुकामका एक हजार ३२६ घरधुरीलाई आपूर्ति भइरहेको छ ।

सर्वसाधारणको धारामा पानी कम मात्रामा जाँदा महसुल कम उठ्ने गरेको कारण सिलिचुङलाई कर्मचारी धान्न पनि समस्या पर्दै गएको छ । पानी वितरण व्यवस्थाका लागि कर्मचारीलाई बिहानैदेखि काममा खटाउनुपर्ने भएकाले आर्थिक भार पनि बढ्दै गएको समितिका अध्यक्ष नवीन प्रधानले बताउनुभयो ।

भू–धरातलीय बनोटका कारण सबैको धारामा पिउने पानी पु¥याउन प्राविधिक समस्या भएका कारण महसुल उठ्न नसकेको उहाँको भनाइ छ । पिउने पानीको अभाव हुन थालेपछि सिलिचुङले थप पिउने पानी आपूर्तिका लागि तेस्रो साना सहरी खानेपानी आयोजना सञ्चालन गर्न लागेको छ । एसियाली विकास बैंक लगायतका दातृ निकायको लगानीमा सञ्चालन हुने सो आयोजना सम्झौता प्रक्रियामा रहेको समितिका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

सञ्चालन हुने नयाँ आयोजनाबाट करिब तीन हजार ५०० घरधुरीलाई पिउने पानी उपलब्ध गराउने समितिको लक्ष्य छ । आयोजनाका लागि लागतको एसियाली विकास बंैक लगायतको विदेशी दातृ निकायबाट ७० प्रतिशत र उपभोक्ताले ३० प्रतिशत व्यहोर्नुपर्ने समितिका अध्यक्ष प्रधानले थप्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर