काठमाडौँ ।
चौथो नेपाल मानवाधिकार चलचित्र महोत्सव जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु भएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवमा मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्नुपर्छ भन्ने मान्यता बोकेर बनाएका १३ देशका ३२ चलचित्र देखाइनेछ । नेपालसहित भारत बङ्गलादेश, पाकिस्तान, अमेरिका, इजरायल, इरान, अस्ट्रेलिया, कम्बोडियालगायत देशका चलचित्र छन् ।
महोत्सवमा पाँच नेपालीसहित २५ चलचित्र प्रतिस्पर्धाका लागि उत्रिनेछन् । नेपाली चलचित्रमा मोहन मैनालीको ‘जोगिमाराका जिउँदाहरु’, ध्रुव बस्नेतको ‘रक्ताम्य गह्राहरु’ आदि प्रदर्शन हुनेछन् । आज पहिलो दिन निर्देशक मनोज पण्डितको चलचित्र ‘छायाँ’ पहिलो सार्वजनिक प्रदर्शन गरिनुका साथै ओस्कार अवार्ड विजेता पाकिस्तानी वृत्तचित्र ‘अ गर्ल इन द रिभर’को विशेष प्रदर्शन गरियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न र सामाजिक परिवर्तनको अभियान चलाउन यस्ता चलचित्र महोत्सवले सघाउ पु¥याउने बताउनुभयो ।
आयोजक केन्द्रका अध्यक्ष चिरञ्जीवी कर्ण विआरीले व्यावसायिक चलचित्रले मात्रै मानवअधिकारको आवाज बुलन्द गर्न नसकेको परिप्रेक्ष्यमा वैकल्पिक चलचित्रका रुपमा यस्ताखाले चलचित्र प्रदर्शनमा ल्याएको बताउनुभयो ।