Aamsanchar

‘मेची–महाकाली’ अभियानमा ज्येष्ठ नागरिक

Author Image
शनिवार, जेठ २९, २०७३

काठमाडौँ ।

ज्येष्ठ नागरिकका मागका विषयमा सुझाव सङ्कलन गर्न ज्येष्ठ नागरिकले ‘मेची–महाकाली’ अभियान सञ्चालन गर्ने भएको छ ।

करिब एक महिना १५ दिनसम्म हुने अभियान आइतबार कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएर इलाम बजारमा पुगी सम्पन्न हुनेछ ।

अग्रज समाज नेपाल र विगत ३९ महिनादेखि विभिन्न माग राखेर मीनभवनस्थित यातायात व्यवस्था विभागको परिसरमा धर्ना दिँदै आएको ज्येष्ठ नागरिक सङ्घर्ष समितिले संयुक्त रूपमा आयोजन गर्ने सो अभियानले लामो समयको सङ्घर्षले प्राप्त गरेको उपलब्धिबारे ग्रामीण क्षेत्रका वृद्धवृद्धालाई जानकारी गराउने सङ्घर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

सरकारले जेठ १५ गतेको बजेट भाषणमा ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता रु एक हजारबाट बढाएर रु दुई हजार पु¥याइएको र नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिक औषधि उपचार बिमा गरिने घोषणा गरेपछि ज्येष्ठ नागरिकले खुसी व्यक्त गर्दै केही समय धर्ना कार्यक्रम स्थगित गरे पनि पुनः सुरू गरेका छन् ।

“सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको बारे धेरै बूढाबूढीलाई थाहा छैन, त्यसबारे जानकारी गराउने र अन्य अधिकार प्राप्त गर्न कसरी सङ्घर्ष गर्ने भन्नेबारे पनि सल्लाह लिन यो अभियान सञ्चालन गर्न लागिएको हो”– अध्यक्ष पराजुलीले भन्नुभयो ।

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता रु पाँच हजार पु¥याइनुपर्ने, सार्वजनिक यातायात र सरकारी अस्पतालमा उपचार खर्चमा ५० प्रतिशत छुट दिइनुपर्नेलगायत विभिन्न आठ सुत्रीय माग राखेर धर्ना दिँदै आएका छन् ।

सरकारले ज्येष्ठ नागरिक, एकल तथा बिधुवा महिलालगायतलाई मासिक रु दुई हजारका दरले सामाजिक सुरक्षाभत्ता दिन रु ३२ अर्ब ७० करोड विनियोजन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर