Aamsanchar

चाँडै ‘पराजित’ हुनबाट यसरी बचौं

Author Image
शनिवार, जेठ २९, २०७३

Male-Sexual-disorders

–    हरेक दशमध्ये एकजना पुरुषलाई शीघ्र स्खलनको समस्या हुन्छ ।

–    पाँच सय जोडीमाझ अनुसन्धान गरेर साढे पाँच मिनेट लामो सेक्स औसत हो भन्ने निष्कर्ष निकालिएको छ ।

–    यदि दुई मिनेट नबित्दै स्खलन हुन्छ भने त्यसलाई शीघ्र स्खलन मान्नुपर्छ ।

–    अधिकांश शीघ्र स्खलनको समस्या मनोविज्ञानसँग सम्बन्धित हुन्छ । भर्खरै सेक्समा सक्रिय हुन थालेको किशोर अथवा युवा यस्तो समस्याबाट ग्रसित हुन्छ । उपचार नगरेको खण्डमा यो समस्या जीवनभर रहन पनि सक्छ ।

–    उमेर बढ्दै गएपछि आउने शारीरिक तथा मानसिक कमजोरीले पनि शीघ्र स्खलनको समस्या निम्त्याउन सक्छ ।

–    तनाव, चिन्ता, डिप्रेसन, प्रोस्ट्रेटको समस्या आदिले गर्दा पनि शीघ्र स्खलन हुन सक्छ ।

–    श्रीमान्–श्रीमती दुवैजना सेक्सबाट सन्तुष्ट छन् भने शीघ्र स्खलनको समस्या छैन भन्ने मान्नुपर्छ । चाँडै हुने स्खलनले यौन जीवनलाई असर पुगिरहेको जस्तो लागेको छ भने मात्रै शीघ्र स्खलनको समस्या छ भन्ने मान्नुपर्छ ।

–    कतिपय पुरुषमा शीघ्र स्खलनभन्दा पनि लिंग उत्तेजित नहुने समस्या हुन्छ । ४० र ५० वर्षबीचका ५० प्रतिशत पुरुषले कुनै न कुनै क्षण लिंग उत्तेजित नहुने समस्या भोगेका हुन्छन् । तसर्थ, यसलाई त्यति साह्रो असामान्य मानिहाल्नु हुँदैन ।

–    कतिपय अवस्थामा लिंग उत्तेजित नहुनु मानसिक अवस्थासँग सम्बन्धित हुन्छ । तर, पनि यस्तो समस्या अधिकांश समय शारीरिक समस्यासँग सम्बन्धित हुन्छ । मुटुको रोग, मधुमेह, अपर्याप्त सेक्स हर्मोनको उत्सर्जनजस्ता कारणले गर्दा लिंग खडा नहुने समस्या उत्पन्न हुन सक्छ ।

–    शीघ्र स्खलन र लिंग उत्तेजित नहुने समस्याका घरेलु तथा मेडिकल समाधान छन् । तिनको अभ्यास गरेर यस्ता समस्यालाई कम गर्न सकिन्छ ।

–    लामो समयसम्म फोरप्लेमा सरिक भइयो भने लिंगले उत्तेजित हुने पर्याप्त समय पाउँछ । साथै, यसले शीघ्र स्खलनको महसुस हुन पनि दिँदैन ।

–    स्खलन हुने बेलामा लिंगको टुप्पो थुनेर वीर्यलाई स्खलन हुन नदिने अभ्यास गर्दै गएमा शीघ्र स्खलनको समस्या क्रमशः कम हुँदै जान्छ ।

–    सेक्सका क्रममा स्खलन हुन लागेको महसुस भएपछि लिंग योनि बाहिर निकाल्ने र फोरप्लेमा सरिक हुने गरेर पनि सेक्सको अवधिलाई लम्ब्याउन सकिन्छ ।

–    सेक्स गर्नुभन्दा एक अथवा दुई घण्टाअघि हस्तमैथुन गर्दा पनि शीघ्र स्खलनको समस्या कम हुन्छ ।

–    सेक्सका क्रममा स्खलन हुने बेला भयोजस्तो लागेपछि अन्तै मन लैजाने गर्दा पनि ढिलो स्खलन हुन्छ ।

–    बाक्लोखालको कन्डम प्रयोग गर्दा लिंगको छाला कम संवेदनशील बन्न जान्छ, जसले शीघ्र स्खलनको समस्या कम गर्छ । लिंगको छाला बढी संवेदनशील भयो भने चाँडै स्खलन हुन्छ ।

–    शीघ्र स्खलनको समस्या छ भने महिलालाई माथि राखेर गरिने सेक्सको आसन छनोट गर्नुपर्छ । यसो गर्दा ढिलो स्खलन हुन्छ । –    महिलाले पुरुषलाई हौसला प्रदान गरेर पनि शीघ्र स्खलनको समस्या कम गर्न सकिन्छ । तर, हौसला प्रदान गर्ने बहानामा कृत्रिमता प्रदर्शन गरेजस्तो भने गर्नु हुँदैन ।

–    हरेकपटक सेक्स गर्दा चरमोत्कर्षमा पुग्नैपर्छ भन्ने मापदण्ड महिला पार्टनरले राख्नु हुँदैन । यसो गरियो भने पुरुष तनावमुक्त हुन्छन्, जसले गर्दा शीघ्र स्खलन अथवा लिंग उत्तेजित नहुने समस्या कम हुँदै जान्छ ।

–    यति गर्दा पनि अवस्थामा सुधार भएन भने जारमा क्रिम, औषधि, भियग्रा, एनेस्थेटिक कन्डमजस्ता सामग्री पाइन्छन् । चिकित्सकको परामर्शमा यस्ता औषधिजन्य सामग्रीको प्रयोग गरेर पनि समस्या कम गर्न सकिन्छ ।

–    मानसिक कारणले हुने शीघ्र स्खलन र उत्तेजित नहुने समस्यालाई कुशल परामर्शदाताको सहयोग लिएर समाधान गर्न सकिने स्वास्थ्य खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर