Aamsanchar

ग्रेडिङले अन्योल / एघारमा भर्ना कस्ता विद्यार्थी गर्ने

Author Image
आइतवार, जेठ ३०, २०७३

काठमाण्डौं ।

blogger-image--1162395198
परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा एक साताभित्र भित्र सार्वजनिक गर्ने तयारी गरे पनि एसएलसीमा कुन ग्रेडसम्म ल्याउने विद्यार्थीलाई कक्षा एघारमा भर्ना गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन् ।
उच्च माध्यमिक शिक्षा परिषद्ले समिति गठन गरेर यस विषयमा अध्ययन गरिरहेको छ । तर समितिले अझै परिषद्लाई प्रतिवेदन बुझाएको छैन । प्रतिवेदन तयार भइसकेपछि पनि उक्त प्रतिवेदनलाई परिषद् पूर्ण बैठकले पारित गरेपछि मात्र कार्यान्वयन गर्नुपर्ने प्रावधान रहेको छ ।
समयमै निर्णय नहुँदा विद्यार्थीमा अन्योल उत्पन्न भएको छ । पर्याप्त तयारीबिना ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गर्न लागिएको भन्दै सरोकारवालाले आलोचना गरिरहेको बेला परिषद्को ढिलाइले ग्रेडिङप्रतिको सरकारी अपरिपक्वतालाई थप प्रस्ट पारेको छ ।
परिषद्का सदस्यचिव नारायण कोइरालाले एसएलसी नतिजा सार्वजनिक हुनुअघि नै निर्णय हुने गरी तयारी भइरहेको दाबी गरे ।  यसै वर्षदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउन लागेको ग्रेडिङ प्रणालीमा परीक्षार्थीको नतिजालाई प्राप्तांकका आधारमा नौ तहमा वर्गीकरण गरेर सार्वजनिक गरिनेछ । जसअनुसार ९० भन्दामाथि अंक ल्याउनेलाई ए प्लस, ८० देखि ८९ सम्म ल्याउनेलाई ए, ७० देखि ७९ सम्म ल्याउनेलाई बी प्लस र ६० देखि ६९ सम्म अंक बी मानिनेछ ।

त्यस्तै ५० देखि ५९ सम्म अंक ल्याउनेलाई सी प्लस, ४० देखि ४९ सम्म ल्याउनेलाई सी, ३० देखि ३९ अंकसम्म ल्याउने विद्यार्थीलाई डी प्लस मानिनेछ । २० देखि ३० सम्म ल्याउनेलाई डी तथा २० भन्दा तल ल्याउनेलाई ई ग्रेड दिएर निकै कमजोर मानिनेछ ।

कक्षा एघारमा पढाइ हुने विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षालगायत विषय पढ्न विद्यार्थीले एसएलसीमा विषयका आधारमा छुट्टाछुट्टै रूपमा प्राप्त गरेको ग्रेडलाई मूल्यांकन गरेर मात्र कस्ता विद्यार्थी भर्ना हुन दिने भन्ने निर्णय गर्ने तयारी परिषद्को छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर