Aamsanchar

बोनोदलमा बदेलको सिकार

Author Image
आइतवार, जेठ ३०, २०७३

 बिनोद पाण्डे

इतिहासलाई बुझदा मानव विकासको सुरुवात जंगलबाट भएको पाईन्छ । जंगलमै बस्ने जंगलमै रमाउने मानिस आजभोली गाउ हुदै सहरमा बस्न थालेका छन । नेपालमा अझै पनी राउटे लगायतका केही समुदाय जंगलमै बस्ने गर्दछन । झापामा पनी यस्तो एक समुदाय छ जो जंगलमा बस्दैनन तर जंगली जनावरको सिकार गर्न अतीनै रुची राख्दछन । नेपालमा बसोबास गर्ने विभिन्न जातीहरु मध्यको एक जाती हो सन्थाल । छुट्टै भाषा, साहित्य, र संस्कार भएका सन्थालहरू नेपालको पूर्वाञ्चल क्षेत्रको तराईमा मात्र बसोबास गदै आएका छन । नेपालका सन्थालहरू आर्थिक, सामाजिक र राजनैतिक रूपमा पिछडिएको जाति मानिन्छन्। उनीहरूले प्रकृतिको पूजा गर्ने, पहाड र सालको रुखलाई पवित्र मान्ने भए पनि मधेशी अल्पसंख्यकको सूचीमा सूचीकृत रहेका छन्। बढदो आधुनीकिकरणका कारण मौलिक्ता लोपहुने खतरामा परेको   सन्थाल जातीको उथ्थानकालागी खासै काम गरेको पाई55दैन । सन्थाल समुदायको मौलिक परंपरा, कला, संस्कृति संरक्षण हुन नसकेको अवस्थामा सन्थाल जातीको मौलिक रितीरिवाज, भाषा, संस्कृती र रहनसहनलाई उजागर गर्ने उदेश्यले हाल झापामा पहिलो पटक बोनोदल नामको सन्थाल चलचित्र निर्मार्ण हुदैछ । सो चलचित्रको निर्माण इन्स्पायर प्रोडक्सन प्रा.ली.को व्यानरमा निर्माण सुरु गरिएको हो । चलचित्रमा निर्माता जिया मरहठ्ठा रहेकी छन भने निर्देशक किरण खतिवडा रहेकाछन । मुख्य कलाकारमा शुनिल हस्ता, कविता मास्के, मोहन टुडु लगायत रहेका छ । फुल एचडीमा निर्माण सुरु गरिएको चलचित्र बोनोदल (परिर्वतन)को निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भई सकेको छ ।  नेपालमा र भारतको डुम्का राज्यमा बसोबास गर्ने सन्थालहरुले चलचित्र लाई आफ्नो जातीको गौरवमय कामको रुपमा लिएकाले फिल्मको गित सार्वजनिक भएको केही दिनमै धेरै चर्चा र प्रशंसा पाएकोमा निर्देशक खतिवडा खुशी बनेको बताउछन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)