Aamsanchar

इपीएस परीक्षाको तयारी अब मोबाइल एपबाटै

Author Image
सोमवार, जेठ ३१, २०७३

काठमाडौँ ।

video-dawnload

कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा(इपिएस टपिक) को तयारी अब मोबाइलमै गर्न सकिने भएको छ । नेपालमै पहिलोपटक इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप तयार भएको हो ।

 

उरी कन्सल्टेन्सी प्रालिले एन क्लाउड र साइबर लिङ्क प्रालिको संयुक्त प्रयासमा बनेको एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइ गरी २५÷२५ वटा प्रश्न र सम्भावित उत्तर राखिएका छन् ।

 

“इपिसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नको सेट राखेका छौँ । एप चलाएर सजिलै परीक्षा दिन सकिन्छ । यसले वास्तविक इपिस परीक्षाका लागि आत्मविश्वास पनि जगाउँछ”– उरी कन्सल्टेन्सीका प्रतिनिधि उदेश श्रेष्ठले भन्नुभयो ।

 

आगामी असार ४ र ५ गते काठमाडौँ र पोखराका विभिन्न परीक्षा केन्द्रमा हुन लागेको परीक्षामा सहभागी हुन ६० हजारभन्दा बढीले फाराम भरेका छन् ।

 

इ–सेवाको अकाउन्ट हुनेले इ–सेवामार्फत सिधै र नहुनेले नजिकैको साइबर, स्टेसनरी, कम्युनिकेसनमा रहेको इ–सेवा जाने, इ–सेवा पोइन्टमा गई अनलाइन भुक्तान गरी प्याकेज खरिद गर्न सक्ने इ–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर