Aamsanchar

बिर्तामोडमा फोर्सका गाडीको विक्री शुरु

Author Image
सोमवार, जेठ ३१, २०७३

fors f

बिर्तामोड ।
पूर्वमा पहिलोपटक झापाको बिर्तामोडमा फोर्स मोटर्सका गाडीको वित्री शुरु भएको छ ।
फोर्स मोटर्सको मेची अञ्चलका लागि आधिकारिक विक्रेता सिद्धार्थ अटो ट्ेरडिङ प्रालिले झापाको बिर्तामोड–७ (भद्रपुर रोड)मा कार्यालय स्थापना गरी सोमवारबाट उक्त गाडीको औपचारिक विक्री शुरु गरेको हो । फोर्स मोटर्स लिमिटेड भारतका इन्टरनेशनल सेल्स डिभिजनका सहप्रबन्धक सुनिल शंकले रीवन काटेर तथा फोर्स मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक राजन लम्सालले पानसमा दीप प्रज्ज्वलन गरी उक्त विक्री केन्द्रको उद्घाटन गरेका हुन् ।
फोर्स मोटर्सका ब्राण्डहरु ट्रास क्रुजर जीप, ट्रास कार्गो किङ (पिकअप), ट्रोम्प ४०, बलवान ट्याक्टर लगायतका गाडीहरुको लञ्चिङ पनि सो अवसरमा भयो । कार्यक्रममा फोर्स मोटर्सका उत्पादनहरु ट्राभलर मिनि बस, ट्रास गुर्खा जीप, फोर्स एम्बुलेन्स लगायतका गाडीको बारेमा पनि जानकारी गराइएको थियो । सिद्धार्थ अटो ट्रेडिङका प्रबन्ध निर्देशक वीरबहादुर गुरुङ(वीरु)को अध्यक्षतामा भएको कार्यक्रमकाबीच चारपाने घाग्रापुल नजिकै रहेको फोर्सका गाडीको मर्मत केन्द्रको पनि सोमवार नै उद्घाटन गरियो । फोर्स मोटर्सको विक्रीपछिको सेवालाई प्राथमिकताका साथ अघि बढाउन सिद्धार्थ अटो ट्ेरडिङले सेल्स, सर्भिस र पार्टस विक्रीको सेवा पनि शुरु गरेको प्रबन्ध निर्देशक गुरुङले जानकारी गराए ।
सिद्धार्थ अटोको सञ्चालकमा वीरुसागै सुवास घले र कुलबहादुर गुरुङ रहेका छन् । उनीहरु गोलधाप निवासी हुन् । वीरु २५ बर्षदेखि विभिन्न कम्पनीको गाडी विक्री वितरणमा संलग्न हुादै आएको र लामो अनुभवको आधारमा फोर्स मोटर्सको आधिकारिक विक्रेताको रुपमा सेवा शुरु गरेको बताइएको छ ।

fors 11विक्री केन्द्र उद्घाटन तथा गाडीको लञ्चिङको अवसरमा प्रथम गाडी खरिदकर्ता दमक निवासी कृष्ण वेगालाई सो अवसरमा चावी हस्तान्तरण गरिएको थियो । उनले ट्रास क्रुजर जीप खरिद गरेका छन् । फोर्स मोटर्सका गाडी व्यवसायिक हिसाबले पैसा कमाउनका लागि लक्षित गरेर उत्पादन गरिएको बताइएको छ । कम्पनीका सुनिल शंकले भारतमा रहेको फोर्स मोटर्सको उत्पादन केन्द्रबाट बार्षिक ४० हजार गाडी उत्पादन हुने र नेपालसहित विश्वका विभिन्न देशमा जाने बताए । फोर्स मोटर्सको विक्रेता आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक राजन लम्सालले मेचीपछि जेठ ३२ गते कोशीको विराटनगर, असार १ गते सगरमाथाको राजविराज र २ गते जनकपुरको जनकपुरधाममा फोर्स मोटर्सको विक्री केन्द्र शुभारम्भ गरिने जानकारी गराए । आयामका एसिस्टेन्ट म्यानेजर राजन शिल्पकारले स्वागत गरेको कार्यक्रम नेत्रप्रसाद पौडेलले सञ्चालन गरेका थिए ।
फोर्सको ट्रासक्रुजर जीप १४ सिट क्षमताको रहेको र यो नै नेपालमा सबैभन्दा बढी सिट क्षमताको जीप रहेको कार्यक्रममा जानकारी दिइयो । उक्त जीपको मूल्य ३२ लाख ७५ हजारदेखि ४३ हजार ५० हजार रुपैयाासम्म रहेको जनाइएको छ । उक्त जीपमा विश्व प्रसिद्ध मर्सिडिज ल्याइसेन्स इञ्जिन तथा गियर बक्स जडान गरिएको, अधिकतम् ग्राउण्ड क्लियरेन्स भएकोले जस्तोसुकै बाटोका लागि उपयुक्त हुने, अधिकतम् माइलेज तथा अधिकतम् पावर भएको, फोर डब्लूडी तथा टु डब्लूडीमा उपलब्ध रहेको, डिफ्रेन्सियल लक सिस्टम भएको जनाइएको छ । सिद्धार्थ अटो ट्रेडिङले क्यास कम्पनीको जेसीभी लगायतका गाडी, मेन कम्पनीका ट्रिपर तथा अन्य गाडीहरु समेत विक्री गर्ने सिद्धार्थका सेल्स डाइरेक्टर कमल राईले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 436

प्रतिक्रिया (०)

सम्बन्धित खबर