

दाङ – बबई गाउँपालिकाको वडा नं.१ र ५ जोड्ने बबई नदीमा पक्की पुल नहुँदा स्थानीय सर्वसाधारण दैनिक सास्ती भोग्न बाध्य छन् । हिउँदमा अस्थायी पुलको सहारामा आवतजावत गर्ने बासिन्दा वर्षा याम लागेपछि गाउँपालिकाको केन्द्र हापुरसँग पूर्ण रूपमा टाढिने अवस्था आउँछ ।
वैकल्पिक बाटो प्रयोग गर्दा पाँच घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने र बिरामीलाई उपचारका लागि लैजान झनै समस्या हुने स्थानीय विशाल वंशीको भनाइ छ । पुल निर्माणका लागि बजेट विनियोजन भएको भनिए पनि हालसम्म काम सुरु नहुँदा समस्या झनै जटिल बनेको छ ।

Views: 12


