Aamsanchar

फेवातालमा पौडी खेल्ने क्रममा डुबेर २७ वर्षीय युवकको मृत्यु

Author Image
बिहिवार, जेठ ७, २०८३

काठमाडौं –  कास्कीको पोखरास्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–११, काहुँखोलाका २७ वर्षीय रिवाज गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

बिहीबार (जेठ ७) बिहान करिब २ बजे फेवातालमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । युवक हराएको सूचनापछि उद्धारका निम्ति प्रहरी टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा बिहान ३ः३५ बजे गुरुङलाई अचेत अवस्थामा फेवातालबाट उद्धार गरिएको थियो ।

उद्धारपश्चात् उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । चिकित्सकले चेकजाँचका क्रममा उनलाई मृत घोषणा गरेका सशस्त्र प्रहरीले जनाएको छ ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर