Aamsanchar

बढी भाडा लिने इभीलाई कारबाही

Author Image
बिहिवार, वैशाख १०, २०८३

तनहुँ-  निर्धारितभन्दा बढी भाडा असुल गर्ने विद्युतीय सवारीसाधन(इभी)लाई तनहुँमा कारबाही गरिएको छ। दमौलीबाट डुम्रेका लागि तोकिएको भाडाभन्दा बढी असुल गर्ने सवारीलाई ट्राफिक प्रहरीले तत्कालै कारबाही गरेको हो।

दमौली–डुम्रे रुटको भाडा दर एक सय रुपियाँ कायम रहेकोमा यात्रुसँग १५० रुपियाँ लिएको पाएपछि कारबाही प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरी कार्यालय डुम्रेका प्रमुख प्रहरी सहायक निरीक्षक उमेश बस्नेतले जानकारी दिनुभयो।

भिमादबाट नारायणगढका लागि छुटेको ग १ ज ८४२८ नम्बरको इभी हायसका चालक विमल गैह्रेले यात्रुहरूबाट करिब ५० प्रतिशतसम्म बढी भाडा असुलेको फेला परेपछि कारबाही गरिएको डुम्रे प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक विजयनाथ यादवले बताउनुभयो।

पछिल्लो समय डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको भाडा समायोजन भए पनि विद्युतीय सवारीको भाडा भने वृद्धि नगरिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। विद्युतीय सवारीले बढी भाडा लिएमा कडा कारबाही गरिने भन्दै कार्यालयले यसअघि नै सचेत गराइसकेको छ।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर