Aamsanchar

उपभोक्तालाई ठग्‍ने १६४ व्यवसायीविरुद्ध मुद्दा

Author Image
मङ्गलवार, जेठ ३२, २०७३
काठमाडौँ:
Conflict_management_573745427
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२/७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ।
विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।
बजार अनुगमनका क्रममा घ्यु, तेल, मसला, चाउचाउ, केही अन्न, पानी, दूधलगायतका उद्योगलाई मुद्दा लगाइएको हो। नमुना हेरी प्रयोगशालामा जाँच गर्दा ती उत्पादनमा कमी कमजोरी पाइएको प्रवक्ता वस्तीले बताए।
बजार अनुमनमा दुई हजार ३० नमुना सङ्कलन गर्ने लक्ष्य राखिएकोमा एक हजार ८१४ नमुना सङ्कलन गरिएको छ।
यसैबीच, विभागलाई चालु आवमा करिब रु २२ करोड बजेट विनियोजन गरिएकोमा आगामी आवमा रु नौ करोड बजेट थप गरिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर