Aamsanchar

एसएलसी रिजल्ट हेर्न यहा क्लिक गरौं

Author Image
बिहिवार, असार २, २०७३

slc

 

भक्तपुर ।

कसरी हेर्ने रिजल्ट ? 

एसएलसी रिजल्टका लागि परिक्षा नियन्त्रण कार्यालय नेपाल टेलिकमसहित बिभिन्न सेवा प्रदायकसाग सम्झौता गरेको छ । बिभिन्न अनलाइन र एसएमएस सर्भिसमार्फत् पनि नतिजा थाहा पाउन सकिने छ ।

यसका लागि वेबसाइट www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np,www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको CDMA, Postpaid, prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी SMs बाट नजिता थाहा पाउन PQm\N, CDMA, Postpaid, prepaid मोबाइलको मेसेज बक्समा गएर slc space सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ ।

त्यसैगरी सवैभन्दा पुरानो एसएलसी नतिजासम्बन्धी एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसबाट सेवा लिनका लागि SLC टाइप गरी स्पेश दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी ३५००१ मा पठाउन सकिने छ । यसैगरी स्प्यारोको एन्ड्रोइड एपमार्फत् पनि रिजल्ट थाहा पाउन सकिने छ ।

परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ । मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ ।

यस्तो आउदैछ रिजल्ट

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज सार्वजनिक गर्ने प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो(शून्य) देखि ‘ए प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले भन्नुभयो, “अघिल्लो वर्षसम्म एसएलसी नतिजामा कुन डिभिजन आयो भन्ने थाहा हुन्थ्यो तर यस वर्ष फेल, पास र डिभिजन हुने छैन, सबै विद्यार्थी पास हुन्छन् ।”

एसएसली उत्तीर्ण गरेका विद्यार्थीमध्ये कस्ता विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने भनेर मापदण्ड तय गरिएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले विभिन्न १२ विषयमा आवश्यक गे्रडिङ र ग्रेड प्वाइन्ट एभरेज(औसत) निर्धारण गर्दै कक्षा ११ मा भर्ना हुन कम्तीमा पनि अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपालीमा ‘डी प्लस’ आवश्यक पर्ने बताएको छ ।
विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान र गणितमा ‘सी प्लस’ र अङ्ग्रेजीमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिनुभयो । उक्त ग्रेड प्रयोगात्मक र सैद्धान्तिक दुवैमा हुनुपर्ने छ । ‘सी प्लस’ भन्नाले ५० देखि ६० प्रतिशत अङ्क बराबर हो । सो अनुसार अङ्गे्रजी, गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनैपर्ने हुन्छ । अन्य विषयमा ‘डी प्लस’ भए हुन्छ । प्राविधिक विषयतर्फ भने १० वटै विषयमा ‘सी प्लस’ ल्याउनुपर्नेछ ।

माध्यमिक विद्यालयको व्यावसायिक धारमा पढ्न चाहनेले विज्ञान, अङ्ग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थापन सङ्काय पढ्न चाहनेले गणितमा ‘सी’ अनिवार्य तर पर्यटन, आमसञ्चारमाध्यम र होटल व्यवस्थापन पढ्न चाहनेले अङ्ग्रेजीमा अनिवार्य ‘सी ग्रेड’ ल्याउनुपर्ने व्यवस्था छ ।

कुनै पनि ऐच्छिक विषय लिएकाहरुले सोही विषयमा कम्तीमा पनि ‘सी’ ल्याउनैपर्ने व्यवस्था गरिएको छ । ‘‘डी प्लस’ भन्दा माथिका ग्रेड ल्याउने अर्थात् १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने परिषद्ले व्यवस्था गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको छ । सिटिइभिटीले अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको छ ।  रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर