Aamsanchar

सम्बन्धविच्छेदका मुद्दा बढे

Author Image
बिहिवार, असार २, २०७३

इलाम –

download (1)

इलाममा पछिल्लो समयको तुलनामा सम्बन्धविच्छेदका घटना बढ्न थालेका छन् ।

 

वैदेशिक रोजगारी, अन्तर्जातीय विवाहलगायतका कारण श्रीमान र श्रीमतीबीच सम्बन्धविच्छेद बढ्दै गइरहेको हो । जिल्ला अदालत इलाममा चालु आवको ११ महिनामा एक सय ३० वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा सोही अवधिमा ६७ वटा मुद्दा फैसला भएका छन् । गत आव ०७१/७२ मा एक सय ४७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए ।

 

यस्तै आव ०६९÷७० मा सम्बन्धविच्छेदका ८५ वटा र आव ०६८/६९ मा ६३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताउनुभयो । सम्बन्धविच्छेद गर्ने अधिकांशले सम्पत्तिको दावी पनि रकममै गर्न थालेको र थोरै महिलाले मात्र अंश दावी गरेर मुद्दाको छिनोफानो हुने गरेको पाइएको छ ।

 

मुलुकी ऐन १० औँ संशोधन २०५९ ले महिलालाई श्रीमानसरह मूल अंशियारको व्यवस्था गरेपछि सम्बन्धविच्छेद गर्ने महिलाले अंश दाबी गर्दै आएका हुन् । सम्बन्धविच्छेद गर्नेहरूको अवस्था अध्ययन गर्दा घरेलु हिंसाबाट पीडित महिला सम्बन्धविच्छेदका लागि धेरै आउने गरेका छन् । सम्बन्धविच्छेद पछि केही महिला बच्चासहित माइतीमै बस्ने गरेको पाइन्छ भने केही विदेशसमेत जाने गरेको पाइएको छ । प्रायःजसो बच्चा भएका महिलाले अंश दाबी गर्ने र बच्चा नभएका महिलाले रकम नै लैजाने गरेको पाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर