Aamsanchar

अब प्रदेश अनुसार विशेष उत्पादन, झापामा धान

Author Image
शुक्रवार, असार ३, २०७३

dhan

काठमाडौँ ।

कृषि विकास मन्त्रालयले विभिन्न उत्पादनलाई भौगोलिक विभाजन (सात प्रदेश) का आधारमा विशेष उत्पादन क्षेत्र तोकेर फरक उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

मन्त्रालयले प्रदेश नं १ अन्तर्गत झापाका लागि धान, प्रदेश नं २ बारामा माछा, प्रदेश नं ३ काभ्रेमा आलु, प्रदेश नं ४ कास्कीमा तरकारी, प्रदेश नं ५ दाङमा मकै, प्रदेश नं ६ जुम्लामा स्याउ, र प्रदेश नं ७ कैलालीमा गहुँको उत्पादनलाई विशेष महत्व दिने भएको हो ।

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री हरिबोल गजुरेलले कृषि क्षेत्रको विकासका लागि सम्बन्धित क्षेत्रको सम्भावित उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिँदै यसले राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी आवभित्र कृषकका लागि पेन्सनको व्यवस्था कार्यान्वयन गरिने बताउनुभयो ।

सोही मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको ऋणका लागि सहुलियत उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्दै यसले कृषि क्षेत्रको विकासमा सहयोग गर्ने बताउनुभयो ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले आगामी आवमा कृषिको आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकीकरण गराउने योजना रहेको बताउदै पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर गराइने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर