Aamsanchar

महिलाको स्तनको निप्पल कति किसिमका होलान् ?

Author Image
शुक्रवार, असार ३, २०७३

एजेन्सी–

images

महिलाको स्तनको निप्पल (मुन्टो) कति किसिमका होलान् ? यो प्रश्नको जवाफ अध्ययनकर्ताहरुले खोजेका छन् । विश्वभरमै महिलाहरुको स्तनको निप्पल जम्मा आठ किसिमको हुन्छ ।

१. प्रोट्रयुडिङ – निप्पल क्षेत्रको केही मिलिमिटर छाडेर माथि उठेको निप्पललाई प्रोट्रयुडिङ भनिएको छ ।

२. फ्ल्याट– यस्तो निप्पल छालाबाट धेरै माथि उठेको हुँदैन । तर छालासमान पनि हुँदैन ।

३. पफ्फी– पफ्फी निप्पलको टुप्पोसँगै निप्पलको क्षेत्र पनि केही माथि उठेको हुन्छ । दुवै स्तनका निप्पल यदि हल्का दायाँ बायाँ ढल्केका छन् भने त्यो पफ्फी हो ।

४. इन्भर्टेड – इन्भर्टेड निप्पल भने छाला समान हुन्छन् । मुन्टोसमेत बाहिर आएको हुँदैन । निप्पल नदेखिने गरी सुशुप्त हुन्छ ।

५. युनिल्याटरल इन्भर्टेड– यस्तो चाहिँ थोरै महिलामा मात्रै हुन्छ । एउटा निप्पल नदेखिने र अर्को देखिनेलाई युनिल्याटरल इन्भर्टेड भन्ने गरिन्छ ।

६. बम्पी– निप्पलको वरपर साना साना दाना देखिनु बम्पी निप्पल हो । ती दानाहरु मोन्टोगोमेरी ग्लान्ड्स हुन् ।

७. हेयरी– शब्दले नै रौं जनाउँछ । पुरुषको मात्रै होइन केही महिलाको पनि निप्पलको वरपर रौं हुन्छ । यसलाई हेयरी भन्ने गरिन्छ ।

८. सुपर न्युमारेरी– यो पनि दूर्लभ निप्पल हो । दुई निप्पल त स्वभाविक भयो । तर आक्कल झुक्कल केही महिलाको छातीको कुनै भागमा तेस्रो निप्पल पनि देखा पर्छ । यसलाई सुपर न्युमारेरी भन्ने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 402

प्रतिक्रिया (०)