Aamsanchar

एमालेमा प्रदेश कमिटी बन्दै

Author Image
शनिवार, असार ४, २०७३

uml party

काठमाडौँ ।

नेकपा (एमाले)ले नयाँ संविधानबमोजिम पार्टीलाई सात वटा प्रदेशस्तरीय कमिटी बनाउने गृहकार्य पूरा गरेको छ ।

आज बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा प्रदेश कमिटीको खाकाबारे छलफल हुने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

गत जेठ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रदेश सङ्गठन कमिटीको गृहकार्य गरी पेस गर्न केन्द्रीय सङ्गठन विभाग र सचिवालयलाई जिम्मा दिएको थियो ।

प्रदेश कमिटीमा संयोजक, पदाधिकारी वा स्थायी कमिटी सदस्य कोबाट गर्ने, सदस्यमा केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष वा क–कसलाई राख्ने भन्नेबारेमा विभागले खाका तयार गरेको बुझिएको छ ।

यसअघि एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश कमिटीमा जाने सैद्धान्तिक निर्णय गरेको थियो । हाल एमालेमा केन्द्रीय कमिटी मातहतमा विभिन्न अञ्चल समन्वय कमिटी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर