Aamsanchar

काबुल घटनाबारे परराष्ट्रमन्त्रीद्वारा सदनलाई जानकारी

Author Image
सोमवार, असार ६, २०७३
काठमाडौं।
indexk
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा सोमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसदको सोमबारको बैठकमा उक्त घटनाको जानकारी दिँदै उनले यस घटनामा परी घाइते भएका पाँचजनाको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको बताए ।

रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दोष नेपाली नागरिकमाथि भएको उक्त घटनालाई मानवताविरोधी अपराधको संज्ञा दिँदै उपप्रधानमन्त्री थापाले घटनाको नेपाल सरकारले घोर भत्सर्ना र निन्दा गरेको जानकारी दिए ।

त्यहाँस्थित एक बेलायती कम्पनीमा कार्यरत् नेपाली कम्पनीबाट क्यानाडेली दूतावासतर्फ जानेक्रममा मिनीबसमा सवार व्यक्तिहरु सोमबार बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमला परेको मन्त्री थापाले जानकारी दिए ।

घटनामा परेर दिवंगत भएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचारलगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यबाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको उनले बताए । उनकाअनुसार घटनामा ज्यान गुमाउने नेपालीका परिवारलाई आवश्यक सूचना प्रवाह गर्न तथा अन्य सहयोग पुर्‍याउन परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना गरिएको छ ।

सरकारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति र्हािदक समवेदना प्रकट गरेको छ ।
नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न त्यहाँको सरकारको ध्यानाकर्षण गराउनुका साथै अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन माग गरिएको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर