Aamsanchar

पुल नुहँदा सर्वसाधारणलाई सास्ती

Author Image
सोमवार, असार ६, २०७३

तेह्रथुम।

samari-river

तेह्रथुमका एक दर्जन बढी गाउँ विकास समितिलाई सदरमुकामसँग जोड्ने म्याङलुङ–संक्रान्ति सडक खण्डअन्तर्गत खोरुङ्गा र कोयाखोलामा पुल नहुँदा सवारी सञ्चालनमा समस्या भएको छ ।

दुई खोलामा पुल नहुँदा तीन वर्ष यता खोला बीचबाट जोखिम मोलेरै यातायात संचालन गरिएपनि बर्षात्मा पानीको बहाव बढेपछि अवरुद्ध हुने गरेको छ ।

यात्राका क्रममा पानी परेर खोलामा पानीको बहाव बढेपछि यात्रुहरु बीच बाटोमै अलपत्र पर्छन् । खोलामा पानीको बहाव बढेर सडक अवरुद्ध भएपछि जिल्लाको पूर्वी क्षेत्रका डेढ दर्जन गाउँ विकास समितिका बासिन्दालाई सदरमुकाम आउन दुई दिनसम्म पैदल हिड्नुपर्ने बाध्यता छ ।

खोलामा पुल नहुँदा जिल्लाका ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु, ईसिवु, खाम्लालुङलगायत दर्जनौं गाउँ विकास समितिमा सडकको सम्पर्क टुट्ने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर