Aamsanchar

अनौठो रोगका कारण दिनहुँ बेहोस हुन थाले विद्यार्थी

Author Image
मङ्गलवार, असार ७, २०७३

झापा।

indexs

झापाको कनकाई नगरपालिकामा पर्ने सुरुङ्गामा रहेको मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अनौठो रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि विद्यालयमा तनाव सिर्जना भएको छ ।

विद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा अध्ययनरत सातजना छात्रा एकै पटक बेहोस भएका थिए भने सोमबार पनि विद्यार्थी बेहोस भएपछि विद्यालयमा तनाव सिर्जना भएको हो ।

कक्षामा अध्ययनरत रहेकै बखत विद्यार्थी बेहोस हुन थालेपछि उनीहरुलाई स्थानीय मेरिगोल्ड हस्पिटलमा पुर्‍याइएको थियो । हस्पिटलमा रहेका चिकित्सकले समेत अनौठो रोगका कारण विद्यार्थी बेहोस भएको बताएपछि अभिभावक र विद्यालय परिवार चिन्तित बनेको विद्यालयका प्रधानाध्यापक उप्रेतीले बताए ।

‘चौध जना विद्यार्थी बेहोस भएपछि विद्यालय प्रशासन र अभिभावक निक्कै चिन्तित बनेका छौं,’ विद्यालयका प्रधानाध्यापक उप्रेतीले भने ।

विद्यार्थी बेहोस हुन थालेपछि कक्षा ७ को पठनपाठन दुई दिनका लागि बन्द गरिएको उप्रेतीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर