Aamsanchar

संविधानको रक्षा गर्न सरकार दृढ

Author Image
मङ्गलवार, असार ७, २०७३

विराटनगर ।

index

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानको रक्षा, कार्यान्वयन र जनताको चाहनालाई पूरा गर्न सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढिरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, मोरङद्वारा विराटनगरमा सोमबार आयोजित पत्रकार भेटघाटमा सरकारका प्रवक्ता राईले तोकिएको समयभित्र संविधानले दिएको अभिभारा पूरा गर्न सरकारले कार्यतालिका सार्वजनिक गरेको जानकारी गराए ।

उनले आगामी २०७४ माघ ७ गतेभित्रै अभिभारा पूरा गर्न आगामी मङ्सिरमा स्थानीय निकाय, त्यसपछि प्रादेशिक र सङ्घीय निर्वाचन गराउन सरकार दृढ सङ्कल्पित रहेको स्पष्ट पारे । उहाँले निश्चित समयमै सरकारले ऐनकानुनको निर्माण, संशोधनका साथै संवैधानिक आयोग लगायत संरचना निर्माण गर्ने जानकारी गराए ।

संविधानको पुनःलेखनलाई ‘बटमलाइन’ नबनाउन मोर्चालाई आग्रह गर्दै उनले मुलुकलाई समाधान दिनेतर्फ अग्रसर हुन सबैलाई आग्रह गरे ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अधिकांश माग पूरा भइसकेको बताउँदै मन्त्री राईले मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार लगायत विषयमा सरकारले मोटो रकम उपलब्ध गराएको र मागअनुरुप संविधानको संशोधनका साथै अन्य समस्या समाधानका लागि उच्चस्तरीय राजनीतिक समिति पनि गठन गरेको उल्लेख गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 422

प्रतिक्रिया (०)

सम्बन्धित खबर