Aamsanchar

बैद्य नेतृत्वको माओवादी पनि युद्धको तयारीमा

Author Image
बुधवार, असार ८, २०७३

झापा ।

mohan-baidhya

मोहन बैद्य नेतृत्वको नेकपा क्रन्तिकारी माओवादीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीसंग सहकार्य गर्दै जनवादी क्रान्तिको तयारी गर्ने रणनीति बनाएको छ ।

सो पार्टीको राजधानीमा तीन दिनयता जारी राष्ट्रिय भेलामा अध्यक्ष बैद्यले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेकपा माओबादीसंग सहकार्य गर्दै जनवादी क्रान्तिको तयारी गर्ने प्रस्ताव गर्नुभएको हो ।

जनवादी क्रान्तिको कार्यदिशा तय गर्ने र क्रान्तिकारी सक्तिसंग सहकार्य गर्दै अघि बढने बिषयमा छलफल केन्द्रित रहेको सो पार्टीका नेता सिपी गजुरेलले जानकारी दिनुभयो । प्रतिवेदनमा छलफलका लागि बनाइएका २० वटा समुहले आज निष्कर्ष बुझाइरहेका छन् ।

त्यसमा अध्यक्ष बैद्यले जवाफ दिएपछि ठोस निर्णय हुने गजुरेलले बताउनुभयो । पार्टीको एउटा समुह माओवादी केन्द्रमा मिल्न गएपछि क्रान्तिकारी माओवादीले भावि रणनीति बनाउन राष्ट्रिय भेला बोलाएको हो ।

भेलामा करिब ७ सय प्रतिनिधी सहभागी छन । चन्द नेतृत्वको माओबादी क्रान्तिकारी शक्ति भएको बिष्लेषण गरेपनि तत्काल पार्टी एकिकरण गरेर अघि बढन भने सम्भव नरहेको सो पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)